आयल निगमको निमित्त कार्यकारीमा नागेन्द्र साह



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले दिएको राजीनामा स्वीकृत गरेर साहलाई निमित्तको जिम्मेवारी तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले जनाएको छ । निगमका कार्यकारी निर्देशकमा १५ महिना कार्यकाल बाँकी हुँदै २६ मंसिरमा थानीले पदबाट राजीनामा दिएका थिए ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले निगमका निमित्त कार्यकारीको जिम्मेवारी  नागेन्द्र साहलाई तोकेको छ । मन्त्रालयकाअनुसार वरिष्ठताका आधारमा साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । साह निगमको आर्थिक तथा मानव स्रोत साधन विभाग प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...