आयल निगमको निमित्त कार्यकारीमा नागेन्द्र साह



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले दिएको राजीनामा स्वीकृत गरेर साहलाई निमित्तको जिम्मेवारी तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले जनाएको छ । निगमका कार्यकारी निर्देशकमा १५ महिना कार्यकाल बाँकी हुँदै २६ मंसिरमा थानीले पदबाट राजीनामा दिएका थिए ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले निगमका निमित्त कार्यकारीको जिम्मेवारी  नागेन्द्र साहलाई तोकेको छ । मन्त्रालयकाअनुसार वरिष्ठताका आधारमा साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । साह निगमको आर्थिक तथा मानव स्रोत साधन विभाग प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...