भागबन्डाको राजनीति छोडेर जनताको काम गर्न ज्ञवालीको आग्रह



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सबै दलहरू राजधानीमा बसेर भागबन्डाको राजनीतिमा रमाउनुभन्दा जनताको माझमा आउन आग्रह गरेका छन् । गाउँमा सम्भावना र स्रोतहरू भए पनि नीति निर्माताको नजर नपरेको उल्लेख गर्दै उनले देश बनाउन सबै दलहरू स्वस्थ प्रतिस्पर्धामा आउनुपर्ने बताए । उनले भने, ‘सबै दलहरूलाई आग्रह गर्दछु । राजधानीमा बसेर भागबन्डाको राजनीति गर्नुभन्दा पनि जनताको माझमा आउनुहोस् । स्वस्थ प्रतिस्पर्धा गरौँ । युवा केन्द्रित कार्यक्रम ल्याउन जरुरी देखियो । सत्ता पक्ष र प्रतिपक्ष दुवैले । नत्र गाउँहरू रित्तिने अवस्था देखियो । झुलाघाट-चिवाभन्ज्याङ अभियानले एमालेको जनाधारलाई मजबुत बनाउन सहयोग गरेको उल्लेख गर्दै ज्ञवालीले देश बनाउन एमालेबाहेक अर्को शक्ति देशमा नभएको बुझाइ जनतामा रहेको दाबी गरे । जनताले नेताहरूको कार्यशैलीमा सुधार गर्दै जनप्रतिनिधि नजिक भएको हेर्न चाहेको सुझाव जनताबाट आफूहरूले पाएको उनले बताए ।
पहिचानवादीहरूतर्फ संकेत गर्दै उनले हिंसाबाट पहिचान नबन्ने बताए । भारतको मणिपुरलगायत द्वन्द्वग्रस्त क्षेत्रको उदाहरण दिँदै उनले समाजमा तिक्तता बढाउने भन्दा पनि समाज निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...