निर्मल बाटिकाले आयोजना गर्यो बाल साहित्य मेला



हाम्रो इकोनोमि

 

 

सृजनात्मकता र कल्पनाशक्तिको ब्याख्या गर्दै साहित्य र श्रष्टा सँगको कुराकानी, विद्यार्थीद्वारा तयार पारिएको विभिन्न पुस्तकको प्रर्दशनी, बालबालिकाका श्रृजनाहरूको प्रस्तुतीकरण गर्दै निर्मल बाटिका एकेडेमी टोखा ११, काठमाण्डौले एक दिने बाल साहित्य मेला २०८० सम्पन्न गरेको छ । मेलामा प्रमुख अतिथि टोखा न.पा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम थिए भने विशिष्ट अतिथिहरूमा बरिष्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता आख्यानकार अमर न्यौपाने तथा युवा छन्द कवि सुदेश सत्याल थिए । विद्यालयका प्रिन्सिपल शिव थापाको सभापतित्वमा संचालित उक्त मेलाको संचालन शिक्षकद्धय भुपेन्द्र खडका र शान्ता देवकोटाले गरेका थिए ।

महोत्सवको केन्द्रबिन्दु बालबालिकाहरुका श्रृजना र उनीहरुका प्रश्तुतिहरु थिए, जसले दर्शक श्रोताहरुहरूलाई चकित पार्ने प्रस्तुतिहरू दिएका थिए । युवा प्रतिभाहरूले दर्जनौ छन्दका मर्मस्पर्शी कविता वाचन, जीवनमा परिवर्तन ल्याउने जीवन्त कथा,आकर्षक नाटक प्रस्तुतिहरू सहित आफ्ना विविध कौसलहरूले दर्शकहरुलाई मोहित बनाएका थिए । प्रदर्शनको बीचमा, अतिथी लेखकहरू अमर न्यौपाने र सुदेश सत्यालले विद्यार्थीका बीचमा अन्तरक्रियात्मक सत्र र कार्यशालाहरू संचालन गरेका थिए जसको समन्वय शिक्षिका सुस्मिता सापकोटाले गरेकी थिइन । यी सत्रहरूको उद्देश्य पठन प्रतिको प्रेमलाई प्रेरित गर्ने, रचनात्मक अभिव्यक्तिलाई बढावा दिने र युवा दिमागलाई साहित्यको संसारमा संलग्न गराउने थियो । कविता र कथा सुनाउने सत्र, आकर्षक छलफल र अन्तरक्रियात्मक गतिविधिहरूमा बालबालिकाहरूले भाग लिएपछि मेलाको मैदान उत्साहले गुन्जिएको थियो ।

अतिथिहरू अमर न्यौपाने र सुदेश सत्यालले युवा दिमागलाई आकार दिन र सिक्नको लागि जीवनभर अध्ययन प्रति प्रेम बढाउन साहित्यको महत्त्मा जोड दिनुभयो । बाल साहित्यको विकसित परिदृश्य र बालबालिकाको समग्र विकासमा यसले खेल्ने भूमिकाको बारेमा श्रष्टाद्धयले आफनो धारणा राखेका थिए । महोत्सवमा विद्यार्थीहरुद्धारा रचित पुस्तकहरु प्रदर्शनका लागि राखिएका थिए जसमा विभिन्न विधाहरूमा बालबालिकाका पुस्तकहरूको विविध संग्रह प्रस्तुत गरिएको थियो । दशै र तिहारको बीचमा विद्यालयले लेखन कार्यशाला संचालन गरि उक्त पुस्तक लेखन कार्य गरेको थियो । उक्त मेलाको हरेक विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा सम्मानको ब्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...