पेट्रोल र डिजेलको भाउ घट्यो, ग्यासको यथावत्



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्य घटेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको हो । आजै रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले विज्ञिप्तिमार्फत जानकारी दिएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो १६० रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...