नेपाल एयरलायन्सको एयरबस ३२० ग्राउण्डेड



 

 

नेपाल वायु सेवा निगमका लागि नयाँ जहाज किन्न नागरिक उड्डयन मन्त्री सुदन किराती र निगम व्यवस्थापनले मरिहत्ते गरेका बेला निगमको एयरबस ३२० भने फेरि ग्राउण्डेड भएको छ । निगम स्रोतकाअनुसार इन्जिनमा खराबी देखिएपछि विहीबारदेखि एयरबस ३२० न्यारोबडी जहाज ग्राउण्डेड भएको हो । यसअघि अर्को न्यारोबडी जहाज लामो समय इन्जिन बनाउने क्रममा इजरायल पठाइँदा ग्राउण्डेड भएर निगमलाई आर्थिक क्षति भएको थियो । निगमले न्यारोबडी ग्राउण्डेड भएको औपचारिक जानकारी दिएको छैन । तर, निगमका एक उच्च अधिकारीका अनुसार बोरोस्कोप निरीक्षण गर्ने क्रममा इन्जिनमा धेरै ठाउँमा समस्या देखिएपछि ग्राउण्डेड भएको हो । मान्छेको शरीरीभित्र मेसिन लगाएर इण्डोस्कोपीमार्फत पेटको स्क्यान गरेजस्तै बोरोस्कोपले विमानभित्रको इन्जिनको स्क्यान गर्छ । अब इन्जिन मर्मत नगरेसम्म अर्को भाडामा लिने वा नयाँ किन्ने विकल्प निगमसँग छन् । निगमले अहिले इजरायली कम्पनीसँग भाडामा लिएर चलाएको छ । तर, भाडामा इन्जिन लिएर चलाउनु निगमको लागि घाटाको व्यवसाय हो । एउटा इन्जिन भाडाामा लिँदा दिनमा सरदर ६ हजार डलर वा त्यो भन्दामाथि तिर्नुपर्छ ।

उडान नभरे पनि दिनमा न्यूनतम २ हजार डलरका दरले भाडामा दिने कम्पनीलाई तिर्नुपर्छ । त्यसबाहेक प्रत्येक एक घण्टा उडानको २७८ डलर र प्रत्येक ल्याण्डिङको २३९ डलर निगमले भाडाबापत तिर्ने गरेको छ । यो भनेको निगमले पूर्ण उडान भरेको बेला दैनिक सरदर ६ हजार डलर हो । पूर्ण उडान दैनिक १३ घण्टासम्म र ल्याण्डिङ ४ पटक हुन्छ । यसरी मासिक २ करोडभन्दा बढी इन्जिनको भाडा पर्ने निगम स्रोतले जनाएको छ । नयाँ इन्जिन किन्नुपर्दा भने ४ मिलियन डलर पर्छ । निगमले एउटा स्पेयर इन्जिन राख्नुपर्ने सुझाव पहिलेदेखि नै दिइए पनि कार्यान्वयनमा आएको छैन । अहिले निगमसँग वाइडबडी २ वटा र न्यारोबडी २ वटा जहाज छन् ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका