श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको वार्षिक साधारण सभा पुस मशान्तभित्र



हाम्रो इकोनोमि

 

 

 

पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिको २३ औ र २४ औ वार्षिक साधारण सभा पुस मशाान्तभित्र सम्पन्न गर्ने जनाएको छ । नेपालको वित्तिय बजारमा देखिएको उच्च तरलताको समस्या लगायत अन्य विविध समस्याको कारण यस संस्थाले २३औं वार्षिक साधारण सभा आयोजना गर्न नसकेको जनाउदै संस्थाका सञ्चालक समितिका सचिव सुरेन्द्र भण्डारीले यही २०८० पौष मसान्तभित्र संस्थाले २३औं र २४औं वार्षिक साधारण सभा सम्पन्न गर्ने जानकारी दिनुभएको हो । उहाले शेयर सदस्यको निरन्तर सहयोगको कारण संस्थाले सफलता हासिल गर्न सकेको बताउदै उहाले पुस महिनामा हुने वािर्षक साधारण सभाको तयारी थालिएको जानकारी दिनुभयो ।

हालको विद्ययमान अवस्थामा वित्तिय क्षेत्रमा परेको प्रभावको बाबजुद संस्थाका शेयरसदस्यहरुले संस्था प्रति देखाएको विश्वासलाई संस्थाले आफ्नो अमुल्य सम्पत्तिको रुपमा लिएको स्पष्ट पार्दै सचिव भण्डारीले भविष्यमा आवश्यक सहयोग, सल्लाह र सुझावको अपेक्षा राखेको व्यहोरा समेत जानकारी गराउँदछौं । संस्थाले यही वर्षको जेठ ८ गते सहकारी विभागमा संस्थाको बचत संकलन, दायित्व, लगानी र सम्पत्ति लगायत संस्थाको वित्तिय विवरण समेत बुझाई सकेको व्यहोरा जानकारी दिएको छ ।

संस्थाको आब ०७९÷०८० सम्म करिब ९ अर्बको कुल करोबार रहेको व्यहोरा जानकारी गराउँदै सचिव भण्डारीले आब ०७८÷०७९ को खुद मुनाफा रकमबाट ८ प्रतिशत र आब ०७९÷०८० को खुद मुनाफा रकमबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको जानकारी गराउनुभयो । संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा अग्रणी स्थान लिन सफल भएको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर , ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग संचालन गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...