राज्यलाई सबैभन्दा बढी कर तिर्ने १६ करदाता सम्मानित



 

 

सरकारले कर दिवसको दिन पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने विभिन्न विधाका १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ । पुरस्कृत करदातामा सरकारी/निजी कम्पनी, व्यक्तिहरू छन् । धेरै आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) परेको छ । यो सरकारी कम्पनी हो । नेपालमा उत्पादन गरी धेरै निर्यात गर्नेमा डाबर नेपाल रहेको छ । विशेष उद्योगमा धेरै कर तिर्नेमा एशियन पेन्ट्स पुरस्कृत भएको छ । सूर्य नेपाल पनि उत्कृष्ट करदाताको सूचीमा छ ।

बैंकहरूमध्ये धैरे कर तिर्नेमा बैंकमा ग्लोबल आईएमई बैंक परेको छ । बीमातर्फ भने धेरै कर तिर्नेमा एलाआईसी नेपाल परेको छ । सहकारीमा धेरै कर तिर्ने तर्फ छिमेक लघुबित्त रहेको छ । कृषिमा धेरै कर तिर्ने कम्पनीमा ओबिसी फिड एण्ड फिड्स प्रालि रहेको छ । शिक्षातर्फ धेरै कर तिर्नेमा नोबेल शिक्षण अस्पताल परेको छ । यो कलेज नेपाली कांग्रसका संसद एवं मेडिकल व्यवसायी सुनील शर्माको हो । पर्यटनतर्फ भने मनकामना केवलकार धेरै कर तिर्ने कम्पनीमा परेको छ । वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेड, उर्जातर्फ भोटेकोशी उर्जा कम्पनी, रेमिटान्सतर्फ आईएमई रेमिटान्स परेको छ । व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
किट कलेजका ९५ नेपाली विद्यार्थी घर फर्किए

    भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर

भावी पुस्ताले बिर्सन नमिल्ने दिन फागुन ७ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै

अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही