राज्यलाई सबैभन्दा बढी कर तिर्ने १६ करदाता सम्मानित



हाम्रो इकोनोमि

 

 

सरकारले कर दिवसको दिन पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने विभिन्न विधाका १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ । पुरस्कृत करदातामा सरकारी/निजी कम्पनी, व्यक्तिहरू छन् । धेरै आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) परेको छ । यो सरकारी कम्पनी हो । नेपालमा उत्पादन गरी धेरै निर्यात गर्नेमा डाबर नेपाल रहेको छ । विशेष उद्योगमा धेरै कर तिर्नेमा एशियन पेन्ट्स पुरस्कृत भएको छ । सूर्य नेपाल पनि उत्कृष्ट करदाताको सूचीमा छ ।

बैंकहरूमध्ये धैरे कर तिर्नेमा बैंकमा ग्लोबल आईएमई बैंक परेको छ । बीमातर्फ भने धेरै कर तिर्नेमा एलाआईसी नेपाल परेको छ । सहकारीमा धेरै कर तिर्ने तर्फ छिमेक लघुबित्त रहेको छ । कृषिमा धेरै कर तिर्ने कम्पनीमा ओबिसी फिड एण्ड फिड्स प्रालि रहेको छ । शिक्षातर्फ धेरै कर तिर्नेमा नोबेल शिक्षण अस्पताल परेको छ । यो कलेज नेपाली कांग्रसका संसद एवं मेडिकल व्यवसायी सुनील शर्माको हो । पर्यटनतर्फ भने मनकामना केवलकार धेरै कर तिर्ने कम्पनीमा परेको छ । वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेड, उर्जातर्फ भोटेकोशी उर्जा कम्पनी, रेमिटान्सतर्फ आईएमई रेमिटान्स परेको छ । व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...