धनकुटामा एकै परिवारका तीन जना मृत फेला



हाम्रो इकोनोमि

 

 

धनकुटा नगरपालिका वडा नम्बर १ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । निगालेका स्थानीय टिकाराम गुरुङको परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ल प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । ‘बुवा, आमा र छोरा मृत भेटिएका छन्’, प्रहरीले भन्यो ‘के भएर यस्तो भयो अनुसन्धान भई रहेको छ । संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेका लाल श्रेष्ठको खाली घरमा बस्दै आएको थियो । ज्याला मजदुरी गर्दै आएका टिकारामको परिवारमा चार जना थिए । ६ वर्षीय छोरी आशिका बाहेक सबै जना मृत भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...