एमालेले मंसिर १४ गतेदेखि तीन साता लामो मध्यपहाडी राजमार्ग केन्द्रित अभियान गर्ने



 

 

एमालेले मंसिर १४ गतेदेखि तीन साता लामो अभियान गर्दैछ । यो पुष्पलाल (मध्यपहाडी) राजमार्गकेन्द्रित अभियान हुनेछ । झन्डै दुई हजार किलोमिटर लामो यात्रा छिचोल्ने गरी सुरू हुन लागेको अभियानको तयारीका लागि एमालेले मंसिर ६ गते केन्द्रीय कमिटीको छैटौं बैठक पनि राख्दै छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको कुल लम्बाइ १८७९ किलोमिटर छ । तर सबैतिर ट्र्याक जोडिइसकेको छैन। एमालेले तिहारअघि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई बाटो हेर्न पठाएको थियो । ज्ञवाली पूर्व पाँचथरबाट बाटो हेर्दैहेर्दै नुवाकोटसम्म आइपुगेका थिए । रिमालले बैतडीको झुलाघाट हुँदै गोरखासम्मको बाटो हेरेका थिए । उनीहरूले मध्यपहाडी राजमार्गमा अभियान चलाउन सकिने निष्कर्ष सुनाएपछि एमालेको २५ औं सचिवालय बैठकले २१ दिन लामो ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरू गर्ने निर्णय गरेको थियो।  ज्ञवालीले मध्यपहाडी लोकमार्ग अनावश्यक लामो बनाइएको टिप्पणी गरे ।

‘समग्र बाटो अध्ययन गरेर आइसकेपछि हामीले यो लोकमार्गका धेरै ठाउँहरूमा नयाँ ढंगले नक्सांकन र कतिपय ठाउँमा अवस्थिति मिलाउनुपर्ने अवस्था रहेको निष्कर्ष निकालेका छौं,’ उनले भने, ‘जति छोटो दुरीमा जति धेरै भूभाग समेटेर जान सकिन्थ्यो, कतिपय ठाउँमा पहिले बनेका बाटालाई राजमार्गसँग जोड्न, त्यसैलाई राजमार्गको अंग बनाउन खोज्दा बाटो तन्किएको र अनावश्यक लामो बन्न पुगेको छ।’उनले चार–पाँच सय किलोमिटर दूरी छोट्याउन सकिने अवस्था रहेको बताए ।

‘पछि अनुकूल समय मिलाएर अवस्थिति परिवर्तन गर्नुपर्छ। कतिपय ठाउँमा पुल, कतिपय ठाउँमा सुरूङ राखेर बाटो छोट्याउनुपर्छ,’ उनले भने, ‘यो लोकमार्गलाई मध्यपहाडी क्षेत्रको मेरूदण्ड बनाउन सकिन्छ । जाजरकोट, रूकुम पश्चिम, कास्की, धादिङ, सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लाका कतिपय ठाउँमा ट्र्याक जोड्न बाँकी रहेकाले ती ठाउँमा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था रहेको उनले बताए । बाइपास अथवा वैकल्पिक बाटोहरू प्रयोग गर्दा झन्डै दुई हजार किलोमिटर यात्रा गर्नुपर्ने अवस्था रहेको पनि उनले सुनाए । यसपटक एमालेले सभाको संख्या छोट्याएको छ। बरू अन्तरक्रिया, अन्तरसंवाद र व्यवसायी, स्थानीयस्तरका उद्यमीसँगको छलफललाई बढावा दिने लक्ष्य राखेको छ ।

ठूला सभाहरू पनि बढीमा डेढ घन्टाको हुने ज्ञवालीले जानकारी दिए । उनका अनुसार समग्र अभियानको नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले नै गर्ने छन् । ओलीबाहेक स्थानीय नेता एक जनालाई बोल्न दिने गरी मञ्च–सभाको व्यवस्थापन हुनेछ। एमालेले यो अभियानमा केन्द्रीय कोषबाट धेरै खर्च नगर्ने योजना बनाएको छ । जुन स्थानीय तहमा अभियान पुग्छ, त्यहीँको कमिटीले व्यवस्थापन गर्ने योजना छ । सुरक्षा संवेदनशीलता ध्यानमा राखेर नेतृत्वलाई होटल अथवा गेस्ट हाउसमा आवास प्रबन्ध गरिने र बाँकी नेता–कार्यकर्तालाई नागरिकको घर-घरमा व्यवस्थापन गर्न भनिएको ज्ञवालीले बताए । यसपटक खर्चको अत्यधिक ठूलो हिस्सा स्थानीय तहबाटै व्यवस्थापन गर्छौं । एउटा जिल्लामा सरदर एक दिन बिताउने योजना छ। खानपिन र बसोबास प्रबन्ध स्थानीय कमिटीबाटै गर्छौं,’ उनले भने ।

नेताहरूले चढ्ने गाडी र त्यसमा लाग्ने इन्धन व्यवस्था पनि आफैं गर्न भनेको उनले बताए। २०७३ सालमा जस्तो सवारीको लावालस्कर यसपटक हुने छैन। बाटो र बासको प्रबन्ध पूर्व–पश्चिम राजमार्गमा जस्तो नभएकाले स्वाभाविक हिसाबले नेता–कार्यकर्ताको पंक्ति पातलिने छ । केन्द्रीय कोषबाट सीमित खर्च हुनेछ,’ खर्च व्यवस्थापनबारे बताउँदै ज्ञवालीले भने, ‘नगरी नहुने शीर्षकमा मात्रै खर्च गर्ने गरी केन्द्रीय कमिटीको बैठकमा त्यसको योजना प्रस्तुत गर्छौं ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्