एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले लगाए भाइटीका



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भाइटीका ग्रहण गरेका छन् ।  नेता पोखरेलले शुभसाइतमा दिदी मेनका पौडेलको हातबाट भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ । नेता पोखरेलले दिदी मेनुकालाई पनि शुभसाइतमा टीका लगाइदिए । पूर्वउपप्रधानमन्त्री समेत रहेका पाखरेलले भाइटीका लगाएको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् । उनले अहिले अनुकुल समयमा मात्र नभइ अत्यन्त प्रतिकुल समयमा पनि, भूमिगत भएर कामगर्दा पनि दिदीको हातबाट टिका लगाउँदै आएको सम्झिएका छन् ।

नेता पोखरेलले फेसबुकमा लेख्दै भनेका छन्, ‘आज मेनका दिदीको हातबाट टीका लगाइयो ! अहिले अनुकुल समयमा मात्र होइन, अत्यन्त प्रतिकुल समयमा पनि, भूमिगत भएर कामगर्दा पनि, दिदीको हातबाट टीका लगाउँदै आएको छु । मेरी दिदी मेरा लागि प्रेरणाकी स्रोत हुनुहुन्छ !’

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...