एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले लगाए भाइटीका



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भाइटीका ग्रहण गरेका छन् ।  नेता पोखरेलले शुभसाइतमा दिदी मेनका पौडेलको हातबाट भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ । नेता पोखरेलले दिदी मेनुकालाई पनि शुभसाइतमा टीका लगाइदिए । पूर्वउपप्रधानमन्त्री समेत रहेका पाखरेलले भाइटीका लगाएको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् । उनले अहिले अनुकुल समयमा मात्र नभइ अत्यन्त प्रतिकुल समयमा पनि, भूमिगत भएर कामगर्दा पनि दिदीको हातबाट टिका लगाउँदै आएको सम्झिएका छन् ।

नेता पोखरेलले फेसबुकमा लेख्दै भनेका छन्, ‘आज मेनका दिदीको हातबाट टीका लगाइयो ! अहिले अनुकुल समयमा मात्र होइन, अत्यन्त प्रतिकुल समयमा पनि, भूमिगत भएर कामगर्दा पनि, दिदीको हातबाट टीका लगाउँदै आएको छु । मेरी दिदी मेरा लागि प्रेरणाकी स्रोत हुनुहुन्छ !’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...