सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत



हाम्रो इकोनोमि

 

 

सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालसम्बन्धी प्रस्ताव विधेयक समितिबाट क्याबिनेटमा प्रस्तुत भएर स्वीकृत भएको सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् । उनले भने, ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० भन्ने प्रस्ताव सञ्चार मन्त्रालयबाट आएको थियो । यो विधेयक समितिबाट आज क्याबिनेटमा प्रस्तुत भएर आज स्वीकृत भएको छ । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय भएको छ । यस्तै सरकारले पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी नेपाललाई राजदूत नियुक्तिका लागि सिफारिस गरेकाे सरकारकी प्रवक्ता शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...