डोटीमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ५ जना घाइते



हाम्रो इकोनोमि

 

 

डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप के आईसिंह राजमार्ग अन्तरगतको अडेउल भन्ने ठाउँमा जीप दुर्घटना भएको छ । दुर्घटनामा बाजुरा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका अन्दाजी ६ वर्षीया छोरा कविन्द बुढा र अन्दाजी ८ महिनाकी प्रार्थना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्तवले जानकारी दिए ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बाजुराको हिमाली गाउँपालिका–५ का २१ वर्षीया विमला मलाल, ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राज बहादुर मलाल रहेका छन् । घाइतेमध्ये विमला मलालको टाउकोमा र छातीमा चोट लागेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । जीप चालक बाजुरा गौमुल गाउँपालिका–४ का २९ वर्षीय महेश बुढा प्रहरी नियन्त्रणमा रहेको सूचना अधिकारी श्रीवास्तवले बताए । घाइतेलाई उपचारको लागि डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...