वाईसीएल पसेपछि एनआरएन कार्यालयमा झडप



 

गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा दुई पक्षबीच तनाव भएको छ । एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला पराजित टीम पुगेपछि विवाद र हातपात भएको हो ।
पराजित पक्षले केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको भनाइ छ । पराजित पक्षले भने युवा संघका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन् ।

अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा एमाले नेता बस्नेत सहभागी थिए । दिउसो दुई बजेतिर आरके शर्माको टिम पनि कार्यालयमा प्रवेश गरेको थियो । पराजित पक्षनिकट स्रोतका अनुसार शर्मालाई युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेपछि उनी त्यहाँबाट सरासर फर्किए । तर, सो समूहका केही नेतामाथि घाइते हुने गरी हातपात भएको उनको भनाइ छ । पराजित पक्षले वाईसीएल लिएर कार्यालय कब्जा गर्न खोजेपछि कार्यक्रममा सहभागी युवा संघका कार्यकर्ताले रोक्ने क्रममा विवाद बढेको थियो ।

बधाइ दिन गएको महेश बस्नेतको टोलीले भिडिओ खिच्दै मुख छाडेपछि विवाद हुँदा मोबाइल खोस्ने क्रममा ओम शर्मा भन्ने व्यक्तिको ओठमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । अन्य कसैमाथि कुटपीट नभएको उनीहरुको भनाइ छ । एनआरएन अभियन्ता पर्शु बस्नेतले भने नजिकै कार्यक्रममा सहभागी भएका महेश बस्नेत एनआरएन केन्द्रीय कार्यालयमा गएर नवनिर्वाचित नेतृत्वलाई बधाई दिने क्रममा पराजित पक्षका केही व्यक्तिले दुर्व्यवहार गर्न थालेपछि सामान्य विवाद भएको बताए । उनले युवा संघको तर्फबाट हातपात नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका