प्रेमिकाको ब्वाइफ्रेन्डले प्रिन्सिपलको हत्या गरेको खुलासा



हाम्रो इकोनोमि

 

 

बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् । बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार प्रेसर गरेका थिए । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् । एसपी काफ्लेका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् । सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् । घटना संलग्न दुईजना पुरूष र एकजना महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेकाको परिचय नखुलाएको प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...