गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु



हाम्रो इकोनोमि

 

 

करिब एक घण्टा अगाडि बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको मृत्यु भएको छ । बाराको सिडिओ नवराज सापकोटाले घाइते प्रिन्सिपल स्वर्णकारको मृत्यू भएको पुष्टि गरे । अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ । कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो । मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरिएको थियो । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार भएको थियो छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा रहेको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...