बारामा बस दुर्घटना, एकको मृत्यु, ११ जना घाइते



 

 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरा चोकमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । गएराति चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस मोटरसाइकललाई बचाउने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा भारतको मोतिहारी बस्ने २७ वर्षीय मुकेश साहको बयोधा हस्पिटल गण्डक पर्सामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कलैया उपमहानगर-२० बस्ने ४५ वर्षीय वीरबहादुर महतो र पर्सा वीरगञ्ज महानगर-८ बस्ने ३० वर्षीय सुरज साह कानु गम्भीर घाइते भएका छन् । यसैगरी, दुर्घटनामा वीरगञ्ज महानगर-८ बस्ने १८ वर्षीया प्रीया गुप्ता, १६ वर्षीया मनिषा साह, वीरगञ्ज महानगर-१२ बस्ने सुनिल कुमार गुरुङको छोरी २३ वर्षीया सेजल गुरूङ घाइते भएकी छिन् ।

दुर्घटनामा  वीरगञ्ज महानगर-८ बस्ने ५२ वर्षीय ललन चौरसिया, सोही महानगरको १२ बस्ने २७ वर्षीय राजन कुमार गुप्ता, वीरगञ्ज महानगर-८ बस्ने २८ वर्षीय मोहन साह कानु, बारा कलैया उपमहानगर-७ बस्ने १८ वर्षीय प्रसाद गुप्ता, कलैया ७ बस्ने ३५ वर्षीय अविनाश गुप्ता र बस सहचालक जीतपुरसिमरा उपमहानर-२ बस्ने १९ वर्षीय अनिष राई घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको बयोधा हस्पिटलमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । बस चालक फरार रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी