बारामा बस दुर्घटना, एकको मृत्यु, ११ जना घाइते



हाम्रो इकोनोमि

 

 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरा चोकमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । गएराति चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस मोटरसाइकललाई बचाउने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा भारतको मोतिहारी बस्ने २७ वर्षीय मुकेश साहको बयोधा हस्पिटल गण्डक पर्सामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कलैया उपमहानगर-२० बस्ने ४५ वर्षीय वीरबहादुर महतो र पर्सा वीरगञ्ज महानगर-८ बस्ने ३० वर्षीय सुरज साह कानु गम्भीर घाइते भएका छन् । यसैगरी, दुर्घटनामा वीरगञ्ज महानगर-८ बस्ने १८ वर्षीया प्रीया गुप्ता, १६ वर्षीया मनिषा साह, वीरगञ्ज महानगर-१२ बस्ने सुनिल कुमार गुरुङको छोरी २३ वर्षीया सेजल गुरूङ घाइते भएकी छिन् ।

दुर्घटनामा  वीरगञ्ज महानगर-८ बस्ने ५२ वर्षीय ललन चौरसिया, सोही महानगरको १२ बस्ने २७ वर्षीय राजन कुमार गुप्ता, वीरगञ्ज महानगर-८ बस्ने २८ वर्षीय मोहन साह कानु, बारा कलैया उपमहानगर-७ बस्ने १८ वर्षीय प्रसाद गुप्ता, कलैया ७ बस्ने ३५ वर्षीय अविनाश गुप्ता र बस सहचालक जीतपुरसिमरा उपमहानर-२ बस्ने १९ वर्षीय अनिष राई घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको बयोधा हस्पिटलमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । बस चालक फरार रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...