दशैंदेखि छठसम्म यतीमा उड्दा यात्रुलाई सानदार उपहार



हाम्रो इकोनोमि

 

 

यसपालिको दशैं, तिहार र छठ पर्वको अवसरमा यती एअरलाइन्सले आफ्ना यात्रुहरुलाई सानदार उपहारहरु दिने घोषणा गरेको छ ।   यती एअरलाइन्सले आफ्ना आधिकारिक सामाजिक सञ्जाल मार्फत् ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’योजना सार्वजनिक गर्दै असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते (छठ पर्व) सम्मको अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा १ जनालाई Bajaj Pulsar NS 200 Bike दिने घोषणा गरेको हो ।

प्रथम पुरस्कारः Bajaj Pulsar NS 200 Bike, दोस्रो पुरस्कारः Bangkok Air Tickets for a Couple, तेस्रो पुरस्कारः LG Washing Machine, चौंथो पुरस्कारः SBD Diamond Ear Top

सोही योजनाअन्तर्गत दोस्रो बिजेताले Thai Lion को तर्फबाट जोडीसहित बैंकक टुर र तेस्रो बिजेताले LG को वासिङ्ग मेसिन र चौंथो बिजेताले श्रीबालाजी डाइमण्ड (SBD)को तर्फबाट हिराको टप जित्नेछन् । साथै, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता १  जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्घार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’पाउनेछन् ।

त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट Sureshot Prize को रुपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा In-Flight Entertainment Service प्रयोग गर्दै गर्दा Dashain Campaign Banner मा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय–समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

यो योजना आफ्ना यात्रुहरुबीच खुशी बाँडन र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ । योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरु घोषणा गरिने यती एअरलाइन्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...