दशैंदेखि छठसम्म यतीमा उड्दा यात्रुलाई सानदार उपहार



 

 

यसपालिको दशैं, तिहार र छठ पर्वको अवसरमा यती एअरलाइन्सले आफ्ना यात्रुहरुलाई सानदार उपहारहरु दिने घोषणा गरेको छ ।   यती एअरलाइन्सले आफ्ना आधिकारिक सामाजिक सञ्जाल मार्फत् ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’योजना सार्वजनिक गर्दै असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते (छठ पर्व) सम्मको अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा १ जनालाई Bajaj Pulsar NS 200 Bike दिने घोषणा गरेको हो ।

प्रथम पुरस्कारः Bajaj Pulsar NS 200 Bike, दोस्रो पुरस्कारः Bangkok Air Tickets for a Couple, तेस्रो पुरस्कारः LG Washing Machine, चौंथो पुरस्कारः SBD Diamond Ear Top

सोही योजनाअन्तर्गत दोस्रो बिजेताले Thai Lion को तर्फबाट जोडीसहित बैंकक टुर र तेस्रो बिजेताले LG को वासिङ्ग मेसिन र चौंथो बिजेताले श्रीबालाजी डाइमण्ड (SBD)को तर्फबाट हिराको टप जित्नेछन् । साथै, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता १  जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्घार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’पाउनेछन् ।

त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट Sureshot Prize को रुपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा In-Flight Entertainment Service प्रयोग गर्दै गर्दा Dashain Campaign Banner मा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय–समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

यो योजना आफ्ना यात्रुहरुबीच खुशी बाँडन र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ । योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरु घोषणा गरिने यती एअरलाइन्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
रुसी सेनामा दुई सय नेपाली रहेका जानकारी आएको छ : प्रधानमन्त्री

    रूसी सेनामा करिब दुईसय जना नेपाली रहेको जानकारी प्राप्त भएको प्रधानमन्त्री

देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा

कांग्रेस महासमिति बैठक तेस्रो पटक सार्ने तयारी

    नेपाली कांग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति

एकदिन पनि टिकेन शेयर बजारको उछाल- १५ अंकले गिरावट

    शेयरबजार खुलेसँगै ओरालो झरेको बजार लामो उतार चढावपछि १५ अंकले घटेर