राष्ट्रपतिले सर्वसाधारणलाई दुई घण्टा विजयादशीको टीका लगाइदिने



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन तीन घण्टा विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयबाट जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरुलाई २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । पहिलो श्रेणीमा सम्माननीयहरू, उपप्रधानमन्त्री र मन्त्रीहरू, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, संघीय सांसदहरु, संवैधानिक निकायका पदाधिकारीहरु तथा विशिष्ट व्यक्तिहरु रहनेछन् । यस्तै निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकले राष्ट्रपतिबाट टीका ग्रहण गर्न सक्नेछन् । राष्ट्रपति कार्यालयले सबैलाई मर्यादित पोशाकमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...