राष्ट्रपतिबाट माफी पाएकाे महिनादिन नबित्दै लाेकबहादुरले गरे महिलाको हत्या



 

 

 

संविधान दिवसमा आममाफी पाएर जेल मुक्त भएको महिनादिन नबित्दै रुकुम पश्चिमका लोकेन्द्र भनिने लोकबहादुर बिकले महिलाको घाँटी रेटेर हत्या गरेका छन् । राष्ट्रपतिबाट बाँकी सजाय माफी पाएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ सिम्ली बस्ने ३३ वर्षीय लोकबहादुरले जिल्लाकै मुसीकोट नगरपालिका ७ साँखकी २८ वर्षीय भावना विकको हत्या गरेका हुन् । उनी बाहिर निस्केको एक महिना नहुँदै यस्तो घटनामा संलग्न भएपछि गम्भीर अपराधमा जोडिएकालाई आममाफी दिएर आलोचना भएको सरकार र सिफारिस गर्ने राष्ट्रपतिमाथि थप आलोचना हुने भएको छ ।

भावनाको हत्यामा लोकबहादुरको संलग्नता खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मंगलबार बिहान खलङ्गाको सत्कार होटेलको १ नम्बर कोठामा भावनाको शव फेला परेको थियो । सो घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा लोकबहादुरको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।उनीहरूबीचको कल डिटेल र होटेलमा कोठा लिँदा उल्लेख गरेको मोबाइल नम्बरबाट लोकबहादुरको घटनामा संलग्नता खुलेको डीएसपी भट्टराईले बताए । लोकबहादुर यसअघि बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए । तर, उनले ६ महिना कैद भुक्तान गर्दै गर्दा गत असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय मिनाहा पाएर रिहा भएका थिए

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको