एनआरएनए अधिवेसनमा क्यानडाबाट घिमिरेको उपाध्यक्षमा उम्मेद्धारी



हाम्रो इकोनोमि

 

 

गैरआवासीय नेपाली सङ्घको आगामी अक्टोबर १७ देखि १९ सम्म हुने ११ औं अधिवेशनमा क्यानडाबाट चिरञ्जीवी घिमिरेले उपाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी दिने तयारी गरेका छन् । घिमिरे हाल गैर आवासीय नेपाली सङ्घको सचिव पदमा पनि कार्यरत छन् । स्पष्ट र निडर स्वभाव मानिएका घिमिरेले संघ भित्र देखिएका विसंगतीका विषयमा चर्को आवाज उठाउदै आएका छन् यसअघि एनआरएनले क्यानडाको अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका घिमिरेले यसपटक आइसिसी उपाध्यक्षमा आफूले उम्मेद्धारी दिएको बताएका छन् । उम्मेद्धारीका विषयमा उनले केही आफ्ना गरिसकेका र भावी योजनाहरु प्रस्तुत गरेका छन् ।

वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता सुरक्षित, मर्यादित र व्यवस्थित बैदेशिक रोजगारी तथा नयाँ गन्तव्यको खोजी पुस्तान्तरण केन्द्रित एनआरएनए वैदेशिक सिप ज्ञान तथा नेपालमा सामुहिक लगानी नेपालमा पर्यटन बिकास नेपाली कला संस्कृतिको प्रबदन गैर आवासीय नेपाली संघका सबै सदस्यहरु प्रतिनिधि हुन पाउने अधिकारको सुनिश्चितता यसअघि कोभिडको महामारीमा नेपालमा अक्सिजनको अभाव हुदा ७५ थान अक्सिजन कन्सनट्रेटर पठाएको क्यानडाको केन्द्रीय तथा प्रान्तीय सरकार संग सहकार्य गरि नेपालमा भेन्टिलेटर तथा अत्याबश्यक स्वास्थ्य सामाग्री पठाएको क्यानाडा भरि स्पोर्टस सप्ताह मनाएको बम्सजको आधारमा निरंतान्ताको लागी निरन्तर काम गरेको कोभिडको महामारीमा नेपाली अन्तरास्ट्रिय विधार्थीलाई प्रत्यक्ष भेटघाट गरि आबश्यक सहयोग गरेको क्षेत्रीय बिज्ञा सम्मेलन सम्पन्न कला सस्कृति र पर्यटनको संरक्षण तथा प्रबद्र्धन विभिन्न संघसंस्थाको नेतृत्वमा लामो समय काम गरेको अनुभव ले एनआरएन एलाई थप सहयोग पुर्याउन सक्ने उनको विश्वास छ । आफ्नो उम्मेद्धारीलाई एउटा सशक्त सम्झेर यसपटकको अधिवेशनमा सहयोग गरिदिन पनि घिमिरेले सम्पूर्ण विश्व नेपाली समुदाय समक्ष अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...