एमाले मधेसको अध्यक्षमा चन्देश्वर मण्डलसहित सबै पदाधिकारी सर्वसम्मत



हाम्रो इकोनोमि

 

नेकपा एमाले मधेश प्रदेश अधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन गरिएको छ । अध्यक्षमा चन्देश्वर मण्डल चयन भएका हुन् । उपाध्यक्षमा विचारी यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सह-सचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) सर्वसम्मत चयन भएको नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । पदाधिकारीमा लगभग हिजै सहमति जुटेको थियो । तर, सचिवमा विवाद भएपछि शिवशंकर साह ‘हीरा’ को स्थानमा मनोजलाई ल्याएर सहमति जुटाइएको छ । शिवशंकरलाई अध्यक्षका लागि एमाले सचिव रघुवीर महासेठले अगाडि सारेका थिए । तर, उनी सचिवसमेत बन्न पाएनन् ।

पदाधिकारी सर्वसम्मत भएपनि निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया पूरा गरी घोषणा गरिनेछ । सदस्यमा भने विवाद हुने देखिएको छ । अहिले सदस्य पदका लागि उम्मेदवारी दर्ता सुरू भएको छ । उम्मेदवारी दिन नेताहरूबीच तछाडमछाड देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...