कोशीमा तटस्थ बस्ने राप्रपाको निर्णय, मुख्यमन्त्रीमा कसैको पक्ष नलिने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने भएको छ ।  आज बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले तटस्थ बस्ने निर्णय लिएको हो । बैठकपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले कोशी प्रदेशको विषयमा गम्भीर समीक्षा गरेको बताए ।

उनले भने, ‘घटनाक्रमलाई हामी नजिकबाट नियालिरहेका छौं । दुईजनाले ४७/४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ । हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएन । आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिन्छ । कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...