नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बन्दसत्र सुरु



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । महाधिवेशन प्रतिनिधि र नेताहरू खाना खाएर बन्दसत्रमा गएका हुन् । बुधवार महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरे । बुधवार राति ८ बजे नै बन्दसत्र हुने भनिएको थियो । तर बन्दसत्र अघि प्रदेश नेतृत्वमा सहमति गर्ने प्रयासमा लागे । सहमति जुटाउने प्रयास विफल भएपछि बन्दसत्र सुरु गरिएको छ । प्रदेश अध्यक्षका लागि आधा दर्जन बढी आकांक्षी रहे पनि अहिले चार जनाको नाम मात्र चर्चामा छन् । जसमध्ये धनुषाकै तीन नेता लक्ष्मीनारायण यादव, शिवशंकर साह ‘हिरा’ र राजकिशोर यादव ‌। यस्तै सिरहाका चन्देश्वर मण्डल पनि बलिया दाबेदार छन् । प्रदेशमा एमालेभित्र अहिले दुई गुट देखिएको छ, सरोज यादव र रघुवीर महासेठ । तर एमाले नेता लीलानाथ श्रेष्ठ पनि उम्मेदवार खडा गरेपछि तीन गुट देखिन्छ ।

सरोजले लक्ष्मीनारायण र लीलानाथले चन्देश्वरलाई प्रदेश अध्यक्ष बनाउन चाहेका छन् । रघुवीरले शिवशंकर साहलाई सुरुमा अघि सारे । तर उनी कमजोर देखिएपछि अब राजकिशोरको पक्षमा माहोल बनाउन सुरु गरेको बुझिएको छ । प्रदेशमा रघुवीरलाई हाबी हुन नदिने पक्षमा सरोज खडा देखिन्छन् । त्यसैले कुनै पनि हालतमा रघुवीरले चाहेका व्यक्तिलाई प्रदेश अध्यक्ष बनाउन नदिने पक्षमा सरोज रहेको एक नेताले सुनाए । ती नेताले भने, हिजोसम्म फरक परिस्थिति थियो । आज परिस्थिति बदलिएको छ । सरोजले अघि सारेका लक्ष्मीनारायणमा सहमति नजुटे उनले चन्देश्वरलाई स्वीकार्ने अवस्था आएको छ ।’ उनले सहमतिको प्रयास अझै जारी रहेको तर सहमति जुट्ने सम्भावना कम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...