नेपाली भू-भागमा भारतीय प्रधानमन्त्रीको घुसपैठ आपत्तिजनक : भीम रावल



हाम्रो इकोनोमि

 

 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नदिईकन नेपाली भूभागमा प्रवेश गर्न लागेकोमा एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावलले कडा आपत्ति जनाएका छन् । सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ । भारतीय प्रधानमन्त्री मोदी आजै बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन् । उनको ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ । मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस विषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । स्थानीय प्रशासन पनि बेखबरजस्तै देखिएका छन् । एमाले नेता डा रावल यो निकै संवेदनशील विषय भएको बताए । उनी भन्छन्, ‘लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको भूभाग हो । नेपालको नक्सामा नै ती क्षेत्रहरु समेटिएका छन् । त्यहाँ नेपालको जानकारी बेगर भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नु सामान्य कुरा होइन । नेपाल सरकारले यस विषयमा प्रतिक्रिया दिनुपर्ने रावलले बताए । उनी थप्छन्, ‘नेपालका प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू कहाँ हुनुहुन्छ ? नेपाली जनताले सुन्ने गरी उहाँहरुले जवाफ दिनुपर्छ । हामीलाई जानकारी छैन भन्नुजस्तो लाचारी केही हुँदैन । भारतको दिल्लीस्थित राजदूतावास के कामका लागि राखेको हो ? रावलले यस विषयमा नेपाली राजदूतसँग सोध्न तथा भारतलाई कूटनीतिक नोट दिन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...