मनमुटाब, गुटबन्दी र तिक्तता चिर्न अध्यक्षमा उम्मेदवार बनेको हुँ : रविना थापा



 

 

प्रवासी नेपालीहरुको साझा संस्था एनआरएनएको ११ औं महाधिवेशनका लागि पूनः अध्यक्षमा उम्मेदवार दिएकी रविना थापाले एनआरएनए भित्र देखिएको मनमुटाव, गुटबन्दी र तिक्ततालाई चिर्दै बलियो एकतासहित पारदशी एनआरएनए बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आइतबार एक कार्यक्रममा बोल्दै उहाँले एनआरएनएमा देखिएका यी समस्याहरुको समाधान गर्दै सबैमा मैत्रीपुर्ण सम्बन्ध कायम गर्न आफ्नो उम्मेदवारी रहेको प्रष्ट पार्नु भयो ।

आफु अध्यक्षमा निर्वाचित भएमा प्रतिनिधि (डेलिगेट्स)लाई मात्र मताधिकार रहने ब्यवस्थाको अन्त्य गरी प्रत्येक गैरआवासीय पंजीकृत सदस्यले मतदान गर्न पाउने अधिकार सुनिश्चित गरिर्ने, निर्वाचनलाई निष्पक्ष र विश्वासीलो वनाई, आईसीसी र एनसीसीको निर्वाचन एकै दिन गर्ने प्रावधान राखिने बताउनु भएको छ । त्यसैगरी नेपाल सरकार सम्मक्ष आफुले गैर आवासीय नेपाली नागरिकलाई पनि वंशजकै आधारमा नागरिकताको निरन्तरता दिनु पर्नै माग राख्ने बताउनु भयो । थापाले संघको सांगठनिक सवलिकरण र आर्थिक पारदर्शितामा जोड दिइने बताउँदै महिला एवं युवाहरुको भूमिकालाई थप सशक्त वनाउन विधानमै व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

१० औं महाधिवेशनमा एनआरएनएमा देखिएको विवादका कारण तिन जना अध्यक्ष बनाउँदा आफुले जम्मा ६ महिना मात्रै कार्यवाहको रुपमा काम गर्न पाएको बताउँदै थापाले ६ महिनामा पनि एनआरएनए भित्र धेरै सुधारका काम गरेको बताउनु भयो । आफुले सके जति सुधार गरेको र बाँकी सुधारका लागि पुनः आफ्नो उम्मेदवार रहेको बताउनु भयो । उहाँले एनआरएनमा चिरा परेको अवस्थामा पनि आफ्नो ६ महिने कार्यकालमा संघको वार्षिक साधारण सभा गर्दै संघको विधान, सांगठनिक तथा आर्थिक प्रतिवेदन गतिविधिमाथि व्यापक छलफल गरेर सर्वसम्मतले अनुमदन गरेको बताउनु भयो । त्यसैगरी गैरआवसीय नेपाली नागरिकता बारेमा सरकार तथा विभिन्न राजनीतिक दलका सांसद तथा नेता, कानूनविद् संघ छलफल गरेको, वैदेशिक लगानी न्युनतम ५ करोड बाट २ करोड कायम गर्न र नेपालमा लगानीको वातावरण बनाउन पहल गरेको, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउन सामाजिक सुरक्षाकोषसंग सहमति पत्रमा हस्तक्षर गरी कार्यान्वयनका लागि पहल गरेको, मेघा परियोजना अन्तर्गत मोबाइल ब्लड बस, शौचालय परियोजना, लागनी, बृद्धाश्रम लगायतका परियोजनाका कामहरु अगाडि बढाएको, एनआरएनएको भित्रको आर्थिक पादर्शितामा जोड दिएको, विदेशमा रहेका दोश्रो पुस्तालाई नेपाल संग जोड्न ९ औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा एनआरएनका तर्फ देखि खेलाडीहरुलाई सामेल गराएको र प्रतियोगितामा संघको टोलिले १० स्वर्ण ९ रजत र ७ काँस्य गरी २३ पदक हासिल गर्न सफल भएको, बिगतमा बन्द रहेको गैरआवसिय नेपाली संघको मुखपत्र ग्लोवल एनआरएनएको प्रकाशनको सुरुवात गरेको, नेपालको पर्यटन प्रवर्धनका लागि नयाँ गन्तव्य स्थान खोज्ने उद्देश्यले पोखरा र गाईघाटमा अभियान नै सञ्चालन गरेको, संघको महिला विभागको सक्रियतामा ५ हजार बिपन्न विद्यार्थीलाई छात्राबृती घोषणा गरी आवश्यक कार्य अगाडि बढाएको, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गैर आवसिय नेपाली संघको तर्फ देखि पहिलो पटक पर्यबेक्षकको रुपमा सहभागीता जनाएको, प्राकृतिक प्राकोवका कारण विपतमा परेका नेपालीहरुको विपतीमा साहारा बन्दै आर्थिक भौतिक र नैतिक रुपमा सहयोग गरेको, गैरअवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा चौवीसै घण्टा हटलाइन सेवा शुरुवात गरेको, संघको नेपाली सामाग्री प्रबर्दधन समितिको आयोजनामा विश्व बजारमा नेपाली सामग्रीको आवश्यकता, चुनौती र सम्भावना बारे युरोप, एशिया, ओसेनिया र अमेरिकाज् क्षेत्रका राजदूत तथा नेपाल सरकारका प्रतिनिधि र अभियान्ता बिच छलफल गरी सहकार्यका लागि अगाडि बढेको, एनआरएनए फण्डलाई अघि बढाउन कानूनी र व्यवहारीक कठिनाई, एनआरएनए ऐन बिषय र एनआरएनए हरुको समस्याका बिषयमा प्रधानमन्त्री सहित सरकारका विभिन्न मन्त्री समक्षय आवाज उठाएको बताउनु भयो ।

थापाले ११ औं महाधिवेशनमा एनआरएनएको पुनःअध्यक्षमा निर्वाचित भएमा सबै अट्ने र सबैलाई समेट्ने एनआरएनए बनाउने तर्फ आफु अगाडि बढ्ने बताउनु भयो । यसका साथै उहाँले नेपालका ग्रामीण क्षेत्रका बासिन्दाहरुमा रहेको ज्ञान, सीप र सम्भावना अनुसार योजना तर्जुमा गरि साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने, नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको परराष्ट्र नीति अनुरुप थप सुदृढ बनाउन नेपाली डायस्पोराको भूमिकालाई सशक्त बनाउने, समस्यामा परेको दाजुभाई दिदिबहिनीहरुलाई सहयोग गर्न स्थापना भएको २४ सै घण्टा खुला रहने हटलाइन सेवालाई अझै प्रभावकारी ढंगले सञ्चालन गर्ने, श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गएका श्रमिकहरु, जीटुजी अन्तर्गत गएका नेपालीहरु र विद्यार्थी भिसामा गएका विद्यार्थीहरुले विदेशमा कुनैपनि समस्या भोग्नुपरेमा नेपाल सरकार संग सहकार्यगरी अगाडि बढ्ने, नेपालका स्थानीय उत्पादनलाई विश्ववजारमा पुर्याउन विशेष पहल गर्ने र उच्च हिमाली जडिबुटी, स्याउ, अदुवा, टिमुर, कफी , खुर्सानी जस्ता कृषि उपज समाग्री र अचार, गुन्द्रुक, सिन्की जस्ता मौलिक चिजहरु ब्रान्डिङ्ग गर्ने, एनआरएनएद्वारा पोखरामा निर्माणाधीन शौचालयकै मोडेलमा स्थानीय सरकारसँग समन्वय गरी मूलुकका सातै प्रदेशमा सफा सार्वजनिक शौचालयको योजना अघि बढाउने, बैदेशिक रोजगारीवाट फर्केका नेपालीहरुको पुनस्र्थापनाकालागि विशेष कार्यक्रम सन्चालन गर्ने, वैदेशिक लगानी भित्र्याउन र नेपालका विकासकालागि गैरआवासीय नेपाली समुदायको उपस्थिति बढाउन सरकारसँग पहल गर्ने, सरकारी विद्यालय र सरकारी अस्पतालहरुको स्तर उन्नतिकोलागि सहकार्य गर्ने, विरामीहरुलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले शुरु गरिएको घुम्ती रक्तसंचार केन्द्र अवधारणालाई पूर्णता दिइने र सातै प्रदेशमा १–१ वटा ब्लड बस सन्चालन गर्ने उहाँको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्