तलब खुवाउन नसकेर स्वास्थ्यकर्मी निकालेको हुँ : मन्त्री बस्नेत



हाम्रो इकोनोमि

 

 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकेपछि हटाएको स्पष्टीकरण दिएका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले कोभिड-१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको जिकिर गरे । वीरमा कार्यरत् २७६ जना करारका स्वास्थ्यकर्मी मन्त्री बस्नेतको निर्देशनमा दसैँको मुखमा एकैपटक हटाइएको थियो । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रूपमा रहेको भन्दै उनले अब यो छिट्टै समाधान हुने बताए । उहाँले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलिएर बसेको भन्दै चाँडैनै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रकृया थालिने उनले आश्वस्त पारेका छन् । देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य मन्त्री बस्नेतको भनाइ छ ।

.उनले थपे, ‘वीर अस्पतालमा कोभिड(१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ । हिजोपनि म आउने बेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ(सयौँ कर्मचारीलाई मैले त ९५ करोड भनेको थिए । अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रूपैंया फाजिलमा खर्च भएको छ । सम्माननीय प्रधानमन्त्रीज्युको निर्देशनमा यो बाँड्ने काम भएको हो । सधैँभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन । देशको आर्थिक अवस्था यस्तै छ । त्यसकारणले गर्दा त्यहाँ पहिले भर्ना गरेको नर्सभन्दा बढि नर्सहरू नियुक्ति गरेर पठाइसकिएको अवस्था हो । त्यही पनि त्यहाँका एचओडीहरु, त्यहाँको न्याम्सको टिम र म बसेर साँच्चीनै एकदमै नचल्ने अवस्थामा केही छ भने दिनुहोस् । तत्कालै सरकारको नेतृत्वसँग कुरा गरेर अनुमति लिएर हामी आन्तरिक र बाहिरी व्यवस्थापन गरेर चलाउँछौ । चाँडोभन्दा चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गरेर काम गर्ने प्रकृया अघि बढाउँछौ भनेर भनेका छौं । मन्त्री बस्नेतले स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै यथाशीघ्र चिकित्सा शिक्षा ऐन संशोधन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...