नेपाल वायुसेवा निगमको जहाज दिल्लीमा बिग्रियो



हाम्रो इकोनोमि

 

 

नेपालबाट भारतको नयाँ दिल्ली गएको नेपाल वायुसेवा निगमको जहाज बिग्रिएको छ । बिहान नेपालबाट सवा ८ मा दिल्ली गएको जहाज एयरपोर्टमा बिग्रेपछि नेपाल आउने यात्रु समस्यामा परेका छन् । जहाज मर्मतको काम भइरहेको भन्दै करिब आधा घन्टामा बनाएर उडानको तयारी भइरहेको नेवानीले जनाएको छ । उडान नम्बर आरए २०६ को जहाजमा समस्या आएपछि दिल्ली एयरपोर्टमा मर्मत भइरहेको छ । ३ पटकसम्म उडान क्यान्सिल गर्दै डिले भएपछि दु:ख पाएको साथै एयरलाइन्सका कुनै कर्मचारीसाग सम्पर्क हुन नसकेको यात्रुको गुनासो छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहान १० बजे नेपाल आउनुपर्ने भएपनि जहाजमा प्राविधिक समस्या आएकोले उडान सारिएको बताए । उनले भने, ‘जहाजमा समस्या देखिएर मर्मत भइरहेकाले उडान सरेको हो । अब आधा घन्टामा जहाज बनेर नेपाल आउने छ । यात्रुले निगमसँग सजिलै सम्पर्क गर्न सक्नेछन् । त्यस्तो समस्या छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...