एमाले सुदूरपश्चिम प्रदेशको मतदान आज



हाम्रो इकोनोमि

 

 

 

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि आज मतदान हुने भएको छ । प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मतदान साँझ ५ बजेबाट सुरु हुनेछ । त्यसअघि बिहान ७ बजे देखि ९ बजेसम्म उम्मेदारी दर्ता हुनेछ । बिहान ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । दिउँसो १२ः३० बजे देखि २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको कार्यतालिकामा उल्लेख छ ।

दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने साँझ ५ बजेबाट मतदान हुनेछ । निर्वाचनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । प्रदेश अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् । नयाँ नेतृत्वका लागि सर्वसहमतिको प्रयास पनि भइरहेको बताइएको छ । एमालेले लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी प्रदेश र उपत्यका विशेष प्रदेश कमिटी गरी छ प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ ।

एमालेको लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल, कर्णालीमा गुलाबजंग शाह, कोशीमा घनश्याम खतिवडा, गण्डकीमा नवराज शर्मा र उपत्यका विशेष प्रदेशमा प्रेमकुमार पराजुली प्रदेश अध्यक्षमा निर्वाचित भइसकेका छन् । अब एमालेको मधेश प्रदेश अधिवेशन हुन बाँकी रहेको छ । एमाले मधेश अधिवेशन भोलि असोज २४ र २५ गते जनकपुरधाममा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...