इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न एमालेको माग



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले इजरायलमा रहेका नेपालीहरूको छिटोभन्दा छिटो उद्धारका लागि पहलकदमी लिन सरकारसँग माग गरेको छ । प्रतिनिधि सभाको आज आइतबार बसेको बैठकको विशेष समयमा एमाले प्रमुख सचेतक पदम गिरिले प्रधानमन्त्री प्रचण्डले इजरायलका प्रधानमन्त्रीसँग संवाद गरेर नेपालीहरूको छिटोभन्दा छिटो उद्धार गर्न माग गरेका हुन् ।

सदनमा आएर घटनाको विवरण मात्रै सुनाएर नपुग्ने भन्दै उनले नेपाली नागरिकहरूको उद्धारका लािग गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका छन् । नागरिकहरूको अभिभावक राज्य भएकाले पीडामा रहेका नेपालीहरूका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ । संयुक्त राष्ट्रसंघको बैठक समेत चलिरहेको अवस्थामा नेपालीहरूले भोगेको पीडाका बारेमा पनि नेपालका प्रतिनिधिहरूले राष्ट्रसंघको ध्यानाकर्षण गराउनुपर्ने धारणा प्रमुख सचेतक गिरीले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...