इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न एमालेको माग



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले इजरायलमा रहेका नेपालीहरूको छिटोभन्दा छिटो उद्धारका लागि पहलकदमी लिन सरकारसँग माग गरेको छ । प्रतिनिधि सभाको आज आइतबार बसेको बैठकको विशेष समयमा एमाले प्रमुख सचेतक पदम गिरिले प्रधानमन्त्री प्रचण्डले इजरायलका प्रधानमन्त्रीसँग संवाद गरेर नेपालीहरूको छिटोभन्दा छिटो उद्धार गर्न माग गरेका हुन् ।

सदनमा आएर घटनाको विवरण मात्रै सुनाएर नपुग्ने भन्दै उनले नेपाली नागरिकहरूको उद्धारका लािग गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका छन् । नागरिकहरूको अभिभावक राज्य भएकाले पीडामा रहेका नेपालीहरूका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ । संयुक्त राष्ट्रसंघको बैठक समेत चलिरहेको अवस्थामा नेपालीहरूले भोगेको पीडाका बारेमा पनि नेपालका प्रतिनिधिहरूले राष्ट्रसंघको ध्यानाकर्षण गराउनुपर्ने धारणा प्रमुख सचेतक गिरीले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...