इन्जिनियरिङ अध्ययन संस्थानले तोक्यो नयाँ शुल्क, कात्तिक १४ देखि प्रवेश परीक्षा



हाम्रो इकोनोमि

 

 

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले स्नातक तहका लागि नयाँ शुल्क तोकेको छ। यसअघि ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ शुल्क तोकिएकोमा विद्यार्थी संघसंगठनहरूको विरोधमा संस्थानले कार्यान्वयनमा ल्याउन सकेको थिएन । संस्थानले गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४ मा सूचना निकालेर आंगिक क्याम्पस स्नातक तह (बी.ई, बी.आर्क) को शुल्कवृद्धि गरेको थियो । शुल्कवृद्धि फिर्ता गर्नुपर्ने मागसहित विद्यार्थीहरूले अनशनदेखि प्रदर्शनसम्म गरेका थिए। संस्थानले शुल्क पुनरावलोकन गर्न समितिसमेत बनाएको थियो। संस्थानले चार लाख ९० हजार रुपैयाँ शुल्क तोकेको छ। यसअघि विद्यार्थीहरूले तीन लाख १८ हजार रुपैयाँ शुल्क तिरेर पढ्दै आएका थिए ।

शुल्क विवादकै कारण प्रवेश परीक्षा हुन सकेको थिएन। भदौ २५ मै प्रवेश परीक्षा गर्नुपर्ने थियो । नयाँ शुल्क कायम गर्दै संस्थानले कात्तिक १४ देखि प्रवेश परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेको छ । इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको असोज १९ को निर्णयअनुसार चार वर्षे बिई र बिआर्क तहका लागि धरौटीसहित नियमिततर्फ ५६ हजार ७ सय, पूर्ण शुल्किय तर्फ चार लाख ९० हजार र विदेशी विद्यार्थीका हकमा १३ लाख १३ हजार पाँच सय शुल्क कायम गरिएको हो । यसअघि प्रवेश परीक्षा आवेदन फारम भर्न छुटेकाले असोज २२ गतेदेखि २४ गतेसम्म अनलाइनबाट प्रवेश परीक्षा फारम भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...