नेकपा एसका डोटी जिल्ला अध्यक्ष बोगटी एमालेमा फर्कदैँ



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी)का डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटी नेकपा (एमाले)मा फर्कने भएका छन् । उनी आज धनगढीमा हुने एमाले सुदुरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोह कार्यक्रममा एमाले फर्कन लागेका हुन् । बोगटीसहित जिल्लाका स्थापित नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

बोगटी एमाले फर्कन लागेको थाहापाएसँगै शनिबार एकीकृत समाजवादीकी डोटी जिल्ला इन्चार्ज पूर्णा जोशीले एक विज्ञप्ति जारी गर्दै बोगटीलाई पदमुक्त गरिएको बताएकी छन् । नेकपा एसका नेता एवं पूर्वमन्त्री प्रेम आलेको गृहजिल्लाका अध्यक्ष सहितका नेताहरू एमालेमा फर्किन लागेपछि आलेलाई ठूलो धक्का पुगेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट पूर्वी चौकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित बोगटीले एमाले विभाजनपछि एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...