अफगानिस्तानमा भूकम्प, १०० भन्दा धेरैको मृत्यु



हाम्रो इकोनोमि

 

 

 

अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर-पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् । कतिपय मिडियाहरुले भूकम्पमा परी ३०० भन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक गरिरहेका छन् । तर त्यसको पुष्टि हुन सकेको छैन । अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले १०० जनाको मृत्यु भएको पुष्टि गरेको अलजजिराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...