एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन, अध्यक्षमा तीन जना आकांक्षी



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशन आजबाट धनगढीमा सुरु हुँदै छ । धनगढी स्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्ने छन् । प्रदेश अधिवेशनका लागि पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू उपस्थित हुने छन् । भट्ट, विश्वकर्मा र थापा लगायतका केही नेताहरू धनगढी पुगिसकेका छन् भने अध्यक्ष ओली सहितको केही नेताहरू अहिले बिहान ८ बजेको बुद्ध एयरको जहाजमार्फत धनगढी आउने जनाइएको छ । आज उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र सुरु हुने छ । अहिले सम्म प्रदेशको अध्यक्षमा नेताहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् । उनीहरूबीच अहिले सम्म सहमति भने जुट्न सकेको छैन । अध्यक्ष बाहेकका अन्य सबै पदाधिकारी पदमा पनि आकाङ्क्षीहरू धेरै छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...