दसैंमा घर जानेलाई बसको अग्रिम बुकिङ खुल्ला



हाम्रो इकोनोमि

 

 

अहिले धमा–धम दसैं तिहारको लागि ‘बस सेवा डटकम’ बाटै टिकट काटेर यात्रुहरु घर गइरहेका छन् । बस सेवा डटकमका सीईओ डिआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको बताए । उनले भने, ‘छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमाा टिकट उपलब्ध रहेका छन् । घटस्थापना अर्थात यही असोज २७ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ । भने, त्यसपछिका लागि केही दिनमा खुल्ने बससेवा डटकमले जनाएको छ ।

बससेवा डटकममा ऐसी बसदेखि डिलक्स लगायतका सम्पूर्ण बसहरु उपलब्ध रहेका छन् । सरकारले भने अग्रिम टिकट खुल्ला गर्न सकेको छैन । यातायात व्यवसायीहरुले दसैंको बेला नै सार्वजनिक यातायातको भाडा वृद्धि गर्न माग गरेपछि सरकारले अग्रिम टिकट बुकिङ खुलाउन नसेको हो । यातायात व्यवस्था विभाग र यातायातमन्त्री दसैंमा भाडा बढाउने पक्षमा छैनन् भने, यातायात व्यवसायीले भाडा वृद्धि नगरी अग्रिम टिकट खुल्ला नगर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...