दसैंमा घर जानेलाई बसको अग्रिम बुकिङ खुल्ला



हाम्रो इकोनोमि

 

 

अहिले धमा–धम दसैं तिहारको लागि ‘बस सेवा डटकम’ बाटै टिकट काटेर यात्रुहरु घर गइरहेका छन् । बस सेवा डटकमका सीईओ डिआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको बताए । उनले भने, ‘छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमाा टिकट उपलब्ध रहेका छन् । घटस्थापना अर्थात यही असोज २७ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ । भने, त्यसपछिका लागि केही दिनमा खुल्ने बससेवा डटकमले जनाएको छ ।

बससेवा डटकममा ऐसी बसदेखि डिलक्स लगायतका सम्पूर्ण बसहरु उपलब्ध रहेका छन् । सरकारले भने अग्रिम टिकट खुल्ला गर्न सकेको छैन । यातायात व्यवसायीहरुले दसैंको बेला नै सार्वजनिक यातायातको भाडा वृद्धि गर्न माग गरेपछि सरकारले अग्रिम टिकट बुकिङ खुलाउन नसेको हो । यातायात व्यवस्था विभाग र यातायातमन्त्री दसैंमा भाडा बढाउने पक्षमा छैनन् भने, यातायात व्यवसायीले भाडा वृद्धि नगरी अग्रिम टिकट खुल्ला नगर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...