एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि



 

 

नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध उपत्यका प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क) बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिने कार्यक्रम रहेको छ ।

अधिवेशनका लागि तीन सय चार प्रतिनिधि चयन भइसकेका छन् । अधिवेशनले ७५ सदस्यीय उपत्यका प्रदेश कमिटी निर्वाचित गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यवसाय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन् । एमालेको लुम्बिनी, बागमती, कर्णाली, कोशी र गण्डकी प्रदेश गरी पाँच प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ । लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल, कर्णालीमा गुलाबजंग शाह, कोशीमा घनश्याम खतिवडा र गण्डकीमा नवराज शर्मा प्रदेश अध्यक्ष निर्वाचित भइसकेका छन् । अब एमालेको सुदूरपश्चिम र मधेस प्रदेश अधिवेशन हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
राज्य व्यवस्था समितिमा अख्तियार प्रमुख प्रेमकुमार राईको यस्तो गुनासो

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अहिलेसम्म सरकारले १००

रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय समितिमा पार्टी सभापति रवि लामिछानेलाई

तथ्य र प्रमाण हेरेर अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई

पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

     नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न