नेपालगञ्जमा फेरि कर्फ्यू लगाइयो



हाम्रो इकोनोमि

 

 

 

बाँकेको नेपालगञ्जमा फेरि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान एक सूचना जारी गर्दै कर्फ्यू लगाइएको जानकारी दिएको हो । कर्फ्यू बिहान ६ बजे देखि सुरु भएको र राति ८ बजेसम्म जारी रहने सूचनामा उल्लेख छ ।

 

नेपालगञ्ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकैठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाइने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि प्रशासनले शान्ति सुरक्षा कायम गर्न मंगलबार दिउँसो १ बजेदेखि लगाएको कर्फ्यू हिजो बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्मका हटाएको थियो । पछिल्लो समय हिन्दू र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व बढाउने गतिविधि बढेपछि स्थानीय प्रशासनले नेपालगञ्ज क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...