नेपालगञ्जमा फेरि कर्फ्यू लगाइयो



हाम्रो इकोनोमि

 

 

 

बाँकेको नेपालगञ्जमा फेरि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान एक सूचना जारी गर्दै कर्फ्यू लगाइएको जानकारी दिएको हो । कर्फ्यू बिहान ६ बजे देखि सुरु भएको र राति ८ बजेसम्म जारी रहने सूचनामा उल्लेख छ ।

 

नेपालगञ्ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकैठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाइने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि प्रशासनले शान्ति सुरक्षा कायम गर्न मंगलबार दिउँसो १ बजेदेखि लगाएको कर्फ्यू हिजो बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्मका हटाएको थियो । पछिल्लो समय हिन्दू र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व बढाउने गतिविधि बढेपछि स्थानीय प्रशासनले नेपालगञ्ज क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...