माओवादीमा छोरीज्वाइँ र भाइभतिजा सप्रेका छन् : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीसँग कुनै नीति नभएको बताए । उनले भने, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा भान्छ सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन् । तीनले गरेको योगदान सम्झिन पनि फुर्सद छैन । यिनीहरुसँग कुनै नीति छैन । उनले कांग्रेस माओवादीको पछाडि लागेको देखेर आफूलाई अचम्म लागेको बताए । उनले भने, ‘कांग्रेस र हामी सँगसँगैको पार्टी हौं । तर, कांग्रेस साँच्चै पुरानो भयो । केही पनि गर्न नसक्ने । ८७ सीट छ तर ३२ सीटको पछाडि लुरुलुरु लागेको छ । निरीह भएको छ । आफूसँग कति सीट छ पनि चाल पाउँदैनन् । माधव नेपालले भन्नु त ठीक हो । जेसुकै गल्ती गरेपनि कांग्रेसपछिको सरकार सोच्न सकिँदैन । हामी कांग्रेसकै पछि लाग्छौं । माधव नेपाललाई त सुहाउँछ । तर, कांग्रेस चाहिँ ३२ सीटको पछाडि किन लागेको छ । उनले माधव नेपालले कांग्रेस र माओवादीको पछि लाग्छु भन्न सुहाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...