नेपालगञ्जमा आज पनि कर्फ्यू, सर्वपक्षीय भेलाको तयारी



 

 

बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले आज पनि कर्फ्यूलाई निरन्तरता दिएको छ । हिन्दू र मुस्लिम समुदायबीचको तनावका कारण शान्ति सुरक्षामा चुनौती बढेपछि मंगलबार दिउँसो १ बजेदेखि जारी कर्फ्यूलाई आज पनि कायम राखिएको बाँकेका सीडीओले जानकारी दिए । पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुस तथा सभा समारोह, हुलहुज्जत गर्न प्रशासनले बन्देज लगाएको छ । कर्फ्यूको कारण बुधबार बिहानैदेखि नेपालगञ्ज क्षेत्र सुनसान छ । बजार र यातायात बन्द छ । स्थानीय घरभित्रै बसेका छन् । नगर क्षेत्रमा साँझदेखि सेनासमेत परिचालन गरिएको छ । दुई समूहको झडपमा केही घाइते भएका छन् । बुधबार सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेर कर्फ्यू हटाउने कि नहटाउने निर्णय लिइने प्रशासनले जनाएको छ । प्रजिअ आचार्यका अनुसार दुवै पक्षका प्रतिनिधिसँग छलफलको प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठोरले बैठकमा सबै धार्मिक समूहका प्रतिनिधिलाई पनि बोलाइएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्