सुन तस्करी छानबिन गर्न पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा आयोग गठन



 

 

सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पोखराका पूर्व कामु मुख्य न्यायाधीश आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थविज्ञका रुपमा किशोरजंग कार्की र प्रेमराज कार्की सदस्य रहेका छन् । आयोगले सुन पैठारी, तस्करी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन दिनेछ । २ साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ब्रेक सुमा लुकाएर ल्याएको सुन सिनामंगलबाट बरामद गरिएको थियो । ब्रेक सुबाट निकालेर गाल्दा उक्त सुनको तौल करिब ६२ किलो पाइएको थियो ।

उक्त घटनापछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको थियो । ६ भदौमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर अभियोजन भइसकेपछि ५ असोजमा जाँचबुझ आयोग गठन गर्ने सहमति गरेको थियो । तर दलहरुबीच आयोगको कार्यादेशको विषयमा विवाद हुँदा समयमा आयोग गठन हुन सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमणबाट फर्केपछि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । उक्त छलफलपछि बसेको मन्त्रिपरिषद बैठकले आयोग गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
पाेखरा विमानस्थलको प्रतिवेदन अधुरो छ : गाेकुल बास्काेटा

    राजेन्द्र लिङदेन नेतृत्वको संसदीय उपसमितिले संसदीय समितिलाई बुझाएको प्रतिवेदनमा उपसमितिकै सदस्य

सहकारी पीडितको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन

    सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघर

राजावादी एकता : कमल थापा र लिङदेन एकै मञ्चमा

     लामाे समयदेखि दुरीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका

शिक्षक साथीहरू ! खल्तीमा सलाईको बट्टा लिएर हिँड्नेसँग होसियार बन्नुहोस्

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लेख्नुहुन्छ , शिक्षक आन्दोलन क्रमशः जटिल