कैलाश ढुंगेल र कृष्ण दाहालको प्यानल बन्दै, सबै पदमा निर्वाचन हुने



 

 

 

नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अन्ततः सबै पदमा निर्वाचन हुने भएको छ । अध्यक्ष पदमा ५ जना प्रत्याशी रहेकोमा सानुकुमार श्रेष्ठ र केशव पाण्डेको उम्मेदवारी फिर्ता गराउन पार्टी नेतृत्वले पहल गरिरहेको छ । श्रेष्ठ र पाण्डेलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने र महत्त्वपूर्ण जिम्मेवारी दिने समझदारी भएको बताइएको छ । श्रेष्ठ यसअघि नै पोलिटब्युरो सदस्य थिए, बागमतीको सभामुख भएका कारण उनी पार्टीको जिम्मेवारीबाट बाहिर रहेका कारण पछिल्लो केन्द्रीय कमिटीमा थिएनन् । पाण्डे यसअघिको अध्यक्ष हुन् । अध्यक्षमा उम्मेदवारी दिएका मध्ये रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण प्रसाद दाहालबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । रामेछापकै केशर बुढाथोकी पनि मैदानमा छन् ।

ढुंगेललाई पार्टीको केन्द्रीय कार्यालयले सर्वसम्मत अध्यक्ष बनाउन खोजे पनि सहमतिको प्रयास असफल भएको छ । व्यक्ति तोकेर सहमति नहुने भन्दै दाहालले कार्यकर्ताको निर्णय मान्ने बताएका छन् । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, प्रदेश इन्चार्ज गुरु बराललगायतले गरेको सहमतिको प्रयास असफल भएपछि अब अध्यक्षका दुवै उम्मेदवारले पदाधिकारीमा आ आफ्नो प्यानल बनाउने तयारी गरेका छन् ।

पार्टीले घोषितरुपमा प्यानल नबनाउन भने पनि जित्न र ब्लक मत तान्नका लागि प्रभावशाली नेताहरूको पहलमा प्यानल बनिरहेको छ । आजै नेतृत्वको लागि मतदान हुनुअघि लिस्ट बनाएर मतदातालाई बाँड्न लागिएको छ । ढुंगेलको प्यानलबाट उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा,सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डितलाई अघि सार्न खोजिएको छ । त्यस्तै दाहालको प्यानलबाट उपाध्यक्षमा नुवाकोटका पूर्व सांसद नारायण खतिवडा र सचिवमा ललितपुरका पूर्व सांसद नवराज सिलवाललाई व्यवस्थापन गर्न खोजिएको स्रोतले जनाएको छ । यद्यपि ईश्वरचन्द्र पोखरेललाई ढुंगेल प्यानलको उपाध्यक्ष उम्मेदवार बनाउन आनन्द पोखरेलले प्रयास गरिरहेका छन् । नारायण खतिवडा वा पोखरेलमध्ये एकजनालाई दाहाल प्यानलबाट पनि व्यवस्थापन गर्ने प्रयास छ ।

सचिवमा धादिङका डा. रामकुमार अधिकारी र काठमाडौंकी रत्न गुरुङ पनि उम्मेदवार छन् । त्यस्तै उपाध्यक्षमा मकवानपुरका सुभासचन्द्र ठकुरी र भक्तपुरका राजेन्द्र राजथला पनि उम्मेदवार छन् । त्यस्तै डबल पाण्डेलाई उपसचिव उम्मेदवार बनाउन पार्वत गुरुङको प्रयास छ । उपसचिवमा रित ढकाल गौतमलाई दुवै प्यानलको साझा उम्मेदवार बनाउन गोकुल बास्कोटाले पहल गरेका छन् । पूर्व माओवादी धारबाट उनलाई सर्वसम्मत बनाउने प्रयास भने सफल भएको छैन । उपसचिवमा खड्ग खत्री,रिता ढकाल गौतम, राजेन्द्र श्रेष्ठ, प्रेम महर्जन, रमेश महर्जन, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुर गजुरेल, कृष्णहरी थापा उम्मेदवार छन् । महिला र खुला २ उपसचिवमा दुवै पक्षले आधिकारिक उम्मेदवार तय गरिसकेका छैनन् । प्रदेश कमिटी सदस्यहरूमा आ आफ्नो जिल्लाको कोटाबाट सर्वसम्मत चयन गर्ने प्रयास पनि सफल भएको छैन । दाबेदारहरू धेरै भएकाले निर्वाचन नै हुने अवस्था आएको नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्