बागमती प्रदेश उपाध्यक्षमा दावादोर्जे लामाले गरे उम्मेदवारी दर्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको बागमती प्रदेश कमिटीको उपाध्यक्षमा चितवनका दावादोर्जे लामाले  उम्मेदवारी दर्ता गरेका छन् । लामाको प्रस्तावकमा कृष्णभक्त पोख्ररेल र समर्थकमा हिरा लामा रहेका छन् । लामाले बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेर काम गरिसकेका छन ।  मन्त्री रहँदा उनले प्रदेशभरिका सबै नेता कार्यकर्ताहरू मात्र नभै जनमुखी उत्कृष्ट कार्यक्रम ल्याई लोकप्रिय नेताको रूपमा आफूलाई स्थापित गरेको नेताहरु बताउँछन । निरंकुश पंचायती व्यवस्था विरुद्ध २०४३ मा जनपक्षीय प्रधानपञ्च समेत भएका लामा विगत ४५ वर्षदेखि सक्रिय राजनीतिमा निरन्तर क्रियाशील रहँदै आएका छन् । नेकपा हुँदा बागमती प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका लामा सरल र सादगी नेताको रूपमा चिनिन्छन् । चितवनको राप्ती नगरपालिकाका स्थायी बासिन्दा लामा लोकतान्त्तिक तामाङ संघका केन्द्रिय अध्यक्षसमेत हुन ।

बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहदा उनले प्रदेशभरिका सबै नेता कार्यकर्ताहरू मात्र नभै जनमुखी उत्कृष्ट कार्यक्रम ल्याई लोकप्रिय नेताको रूपमा आफूलाई स्थापित गरेका हुन् । निरंकुश पंचायती व्यवस्था विरुद्ध २०४३ मा जनपक्षीय प्रधानपञ्च समेत भएका लामा विगत ४५ वर्षदेखि सक्रिय राजनीतिमा निरन्तर क्रियाशील रहदै आएका छन् । नेकपा हुँदा बागमती प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका लामा सरल र सादगी नेताको रूपमा चिनिन्छन् । एमाले बागमती प्रदेशमा ४७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ । १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन् । अधिवेशनले ५३ प्रतिशतभन्दा बढी आकार घटाउने छ । अबको अधिवेशनले २५५ सदस्यीय कमिटी निर्वाचित गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...