एमाले बागमती प्रदेश अधिवेशन निर्वाचन सुरु



हाम्रो इकोनोमि

 

नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ । निर्वाचन कार्यालयले मतदानका लागि मतदाताहरुको नामावली प्रकाशित गरिएको छ । एमाले पार्टी कार्यालयमा सोमबार सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत बुधबार बिहान ११६५ मतदाताको नामावली प्रकाशन गरिएको हो । कार्यालयले उम्मेदवारहरुका लागि बिहान ११ः३० बजेदेखि फारम वितरण गर्ने जनाएको छ । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता आज र निर्वाचन बिहीबार गर्ने जनाएको छ ।  बिहान मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता पछि दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ ।

नेता शेरबहादुर तामाङका अनुसार असोज ११ गते बिहीबार मतदान हुनेछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ । एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गरेर सकिनेछ ।

मंगलबार बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेस गरेका थिए । १३ जिल्ला र जनसंगठन विभागसहितको ७ समूहमा प्रतिवेदनमाथि छलफल भएको थियो । प्रतिवेदनमाथि आनन्दकुमार श्रेष्ठ, बद्री मैनाली, हस्त पण्डित, कमल पाठक, एकलाल श्रेष्ठ, वेलीमाया घले र रमेश पौडेलले धारणा राखेका थिए । नेताहरूले राखेका धारणाको अध्यक्ष पाण्डेले जवाफ दिएपछि सुझावसहित प्रतिवेदन पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...