देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा एमालेका काँधमा रहेको बताउनुभएको छ । नेकपा एमाले वाग्मती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई आज भृकुटीमण्डप, काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको बताउनुभयो । एमालेको वाग्मती प्रदेश अधिवेशन पार्टी र देश विरुद्धको घेराबन्दी तोड्न सफल हुने ओलीले विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘मिसन २०८४ लाई कसरी पूरा गर्छौं भन्ने कुरामा यो अधिवेशन ऐतिहासिक हुने छ । नेकपा एमाले समाज रूपान्तरण र विकास, राष्ट्रियताको रक्षा लगायतका विषयमा सदैव गम्भीर रहेको बताउनुभयो। एमालेले राष्ट्रिय शक्ति र राष्ट्रिय भावनाको प्रतिनिधित्व गर्दै आएको उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले वाग्मती प्रदेशलाई समृद्ध बनाउन एमाले वाग्मती प्रदेशले त्यसै अनुसारको नेतृत्व दिने पर्ने बताउनुभयो । समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षालाई पूरा गर्न वाग्मती प्रदेशले महत्त्वपूर्ण भूमिका खेल्ने ओलीले विश्वास व्यक्त गर्नुभयो । नेकपा एमाले विचार, नीति र उद्देश्य सहितको पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘आज विचारमा कुनै द्विविधा छैन नेकपा एमाले भित्र । वाग्मती सभ्यता विश्वकै नमुना र ऐतिहासिक स्थल भएको ओलीले बताउनुभयो । नेपाल प्राकृतिक हिसाबले सुन्दर मात्र होइन विकास र समृद्धिको समेत उद्गमस्थल भएको ओलीले बताउनुभयो । यस्तो सभ्यता बोकेको ठाउँ गरिब र अशिक्षित हुनु नहुने र त्यो कुरा नेकपा एमालेलाई मञ्जुर नरहेको र यसलाई सुधारेरै छाड्ने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...