गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन गर्न नचाहेको आरोप लगाएका छन् । बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले एक महिनासम्म संघर्ष गरेर सुन तस्करीको व्यापक छलफल गर्नुपर्छ भनेर एक महिनापछि आयोग बनाउन मान्यो । किन एक महिना पर्खिनुपर्यो भने सरकार एअरपोर्टमा पक्रिनुपर्ने सुन प्रक्रिएन । पक्रिएका मान्छेलाई पनि छाडेर सबै लुकाउन लगाइयो । उनले सरकार अहिले सुन प्रकरणको छानबिन गर्न पाइँदैन भन्न थालेको बताए ।

उनले भने, ‘सरकार अहिले छानबिन गर्न पाइँदैन भन्छ । भविष्यमा कस्तो कानून बनाउने भन्नेबारे छलफल गरौं भन्छ । १०० किलो हामीले सुन्यौं तर एक महिनापछि ६१ किलो मात्रै भयो । बाँकी कहाँ गयो रु इलेक्ट्रिक सिग्रेटबाट ल्याइएको ९ किलो सुनको कारबाही कहाँ पुग्यो रु’ उनले सुन तस्करी गर्नको लागि नागरिकता दिएर मान्छे तयार गर्ने व्यापारी को हो रु भन्दै प्रश्न गरे । उनले राष्ट्र बैंकसँग एउटामात्रै सुन पगाल्ने मेसिन हुँदा तस्करहरुसँग पाँचवटा कसरी भयो रु भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गिरिबन्धु टिस्टेटको फाइल खोल्न पनि चुनौती दिए । गिरिबन्धुको फाइल खोलेपनि गठबन्धनकै नेताहरु नै जेल जाने दाबी गर्दै एमालेलाई केही असर नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...