साकोस साहित्य संस्थाले गर्यो एकै सर्जकका १० कृति लोकार्पण



 

 

नेपाली साहित्यको क्षेत्रमा अलग पहिचान र फरक अस्तित्व कायम गर्दै रहेको संस्था नोबेल साकोस साहित्य संस्थाले काठमाडौको पद्मकन्या कलेजमा आयोजित आफ्नो ९६औं शृङ्खलाको एक समारोहमा संस्थाका आजिवन सदस्य राजेन्द्रकुमार बज्राचार्यद्वारा लिखित १० वटा छन्दबद्द कृतिहरु एकैपटक लोकार्पण गराएको छ । संस्थाका अध्यक्ष साहित्यकार तथा संचारकर्मी सरस्वती गौतमको सभापतित्वमा भएको उक्त ऎतिहासिक समारोहमा डा.रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता र संचारकर्मी साहित्यकार संस्थाका संस्थापक राजन न्यौपानेको संचालन, संस्थाका महासचिव सुशीला ढकाल अधिकारीले अतिथि र उपस्थितहरु पहुनाहरुलाई स्वागत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष साहित्यकार गीता अर्यालले मन्च ब्यब्स्थापनको सम्पूर्ण कार्य गर्नु भएको थियो भने संस्थाका संस्थापकद्वय रोहित कार्की र सूर्यबहादुर तामाङ,सचिव संगिता सारथि,सदस्य सीता घिमिरे ,इन्दिरा रिजाल र इन्दिरा भन्डारीले कार्यक्रम सम्पन्न गर्न सहयोगी भूमिका खेल्नु भएको थियो । संस्थाका संरक्षक डा.दामोदर पुडासैनी किशोर ,गुरु पुष्प रन्जितको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा लोकार्पण भएका कृतिको समीक्षा त्रिभुवन बिश्वबिद्यालय पद्मकन्या कलेजका उपप्राध्यापक ज्ञाननिश्ठ ज्ञवालीले गर्नुभएको थियो। समारोहमा प्रमुख अतिथि डा राम प्रसाद ज्ञवालीले तत्कालीन नेपाली साहित्यको अवस्था र नयाँ पुस्ताको सिर्जनात्मक अवसरलाई साकोसले मन्च उपलब्ध गराएकोमा हार्दिक धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो । उहाँले लेखकलाई बधाई दिंदै कृति संख्यात्मक भन्दा नि गुणात्मक हुनुपर्नेमा जोड दिदैं आगामी दिनको लागि शुभकामना पनि दिनु भयो ।

अतिथिहरु जेष्ठनागरिक पुष्प लुइँटेल ,डा.वासुदेव काफ्ले,,डा.यज्ञश्वर निरौला ,डा.विश्वमोहन आचार्य ,डा.गोबिन्दमान सिंह कार्की ,डा.मेघराज ढकाल ,छन्दज्ञाता चन्द्र प्रसाद न्यौपाने ,वेदज्ञाता तिलक लुइँटेल ,अग्रज साहित्यकार मन्जुश्री प्रधान , रत्ननिधि रेग्मी ,शिव त्रिपाठी, पूर्व रथि अर्जुन श्रेष्ठ ,सम्पादक मदन नेपाल, मुक्तका अभियन्ता सुनिल अधिकारी , आर्गानिक कवि लिलाधर पान्डे, साहित्यकार मणिराज सिहं, एम.पि.पान्डे ,रमेश अधिकारी,सुरेश बैध्य, संगितकार निर्देशक राज्य राई,,रामचन्द्र न्यौपाने ,कवि कृष्ण वाउसे,प्रकाशक मुना बज्राचार्य र रज्वल बज्राचार्य ,टि एन भट्ट ,राजेन्द्र घिमिरे ल,चन्द्र श्री कार्की,पत्रकार अनुराग अरुण ,लुमडि प्रसाद खनाल लगायत दुई सय जना भन्दा बढी साहित्यकारहरुको बाक्लो उपस्तिथि रहेको थियो । सबै पुस्ता,सबै भाषा ,सवै बर्गको साझा साहित्यिक चौतारी बनेको साकोसले ११ बर्षका प्रसान्त रेग्मीलाई समेत अतिथि राखेको थियो । नयाँ र प्रेरणा खोजिरहेका अबसरको खोजमा रहेका सर्जकहरुको लागि यो संस्था उदाहरणीय मन्च बन्दै गएकोमा अतिथिहरुले गर्व गर्दै आयोजकलाई हार्दिक धन्यवाद दिनुभएको थियो । राजेन्द्रकुमार बज्राचार्यको कार्यको प्रंशसा गर्दै महाकाब्यकार चन्द्रप्रसाद न्यौपानेले छन्दको खोज अनुसन्धान र प्रयोग बारेमा मन्त्ब्य राख्नु भएको थियो । उक्त समारोहमा बिशिष्ट साकोस सम्मानद्वारा उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली र साकोस साहित्य सम्मान कवि राजेन्द्र बज्राचार्य ,नियमित साकोस सम्मान कवि प्रज्ञा खनाललाई सम्मानित गरिएको थियो । साहित्यकार पार्बती घिमिरे पौडेललाई आजिवन सदस्य प्रमाणपत्र पनि दिइएको थियो । आन्द्राको क्यान्सर बाट पिडित कवि टंकमणी अधिकारीको सहयोगार्थ सर्जकहरु बाट केहि रकम संकलन गरेर संस्था आफैले पनि केहि थप गरी हस्तान्तरण गर्ने कार्य सुरु गरेकोमा उपस्तिथ सबैले साकोस र साकोस परिवारलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्