कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रचण्ड सरकारको विकल्प खोजी



 

 

 

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा संघीयतादेखि गठबन्धनको बलमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्नेसम्मका विषय उठेका छन् । अहिले जनतामा देखिएको निराशा सरकारले सम्बोधन गर्न नसकेपछि सरकारको अपजस कांग्रेसले पनि पाउने भएकाले विकल्प खोज्नुपर्नेमा अधिकांश नेताको धारणा छ । त्यसो त कांग्रेस नेता डा। शेखर कोइरालाले पछिल्लो समय प्रचण्ड सरकारले समाजमा अराजकता बढाएको भन्दै कांग्रेसले नेतृत्व लिनुपर्ने बताउँदै आइरहेका छन् । सानेपामा जारी बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नै संघीयतामाथि प्रश्न उठाए । स्थानीय तहलाई जनताले रुचाएपनि प्रदेशप्रति जनतामा वितृष्णा छाएको उनको भनाइ थियो । पाण्डेले भने, ‘मेरो लामो अनुभव छैन तर तीन तहका सरकारमध्ये प्रदेश तहमाथि प्रहार भइरहेको छ । स्थानीय सरकारलाई जनताले रुचाएपनि नयाँ संरचना प्रदेश सरकारमा आउँदा औचित्यमाथि प्रश्न खडा भएको छ । प्रश्न उठ्नु स्वाभाविक हो भन्ने लाग्छ । अहिले म प्रदेशको मुख्यमन्त्री छु । तर, हामीले चाहेर पनि काम गर्नसक्ने अवस्था छैन । यस्तै, अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले पनि हिन्दू राष्ट्र पक्षमा वकालत र संघीयताको विषयमा प्रश्न उठाए । विगतको महासमितिको बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्काएर राखेको आरोप लगाए । उनले भने, ‘विगतको महासमितिको बैठकमा हामीले उपस्थित संख्याको बहुमत सदस्यले पैत्रिक सनातन हिन्दु सापेक्ष हिन्दु राष्ट्र हुनुपर्छ भनेर लेखेर दिएको कुरा सभापतिले थन्काउनुभएको छ । म महामन्त्रीहरूलाई आग्रह गर्न चाहन्छु हामी पनि पार्टीबाट निर्वाचित सदस्यहरू हौं ।

देशभर पार्टीका साथीहरुको आवाज हो । आगामी महासमितिको बैठकमा यसलाई मुल एजेण्डाको रूपमा अगाडि ल्याउनुहोला । नत्र धेरै अप्ठ्यारो पर्नेछ । अहिलेसम्मको अभ्यासले देखिएको र जनताको भावना पनि बुझिसकेकाले संघीयताबारे पुनर्विचार गर्न आग्रह गरे । संघीय प्रणाली मुलुकको समग्र हितको लागि मात्रै नभएर राष्ट्रिय सुरक्षाको दृष्टिले पनि खतरा रहेको टिप्पणी गरे । अर्का सदस्य राजीव ढुंगानाले पनि सरकारको कामको समीक्षा गर्न आवश्यक रहेको बताए । भ्रष्टाचारका केही फाइल खोलिएपछि भ्रष्टाचार घटेको महसुस भएपनि शान्ति सुरक्षाको स्थिति ठीक नभएको बताए । यस्तै, कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धन जोगाएर सरकारमा पार्टी जानुलाई नै उपलब्धि मान्न नसकिने बताए । उनले भने, ‘अर्थमन्त्रालय हाम्रो पार्टीको नेतृत्वमा छ । सरकारमा हामी सहभागी छौं । अहिले गम्भीर आर्थिक संकट भएको बेला हाम्रो दृष्टिकोण प्रष्ट हुनुपर्छ । साना व्यापारीको सटर बन्द भएको छ । महँगी बढेको छ । त्यसमा सरकारले कुनै अनुगमन गरेका छैनौं । उनले पार्टी बैठकको निर्णय प्रेस विज्ञप्तिमा सीमित राख्न पार्टी नेतृत्वलाई आग्रह गरे । उनले भने, ‘बैठकको निर्णय प्रधानमन्त्रीकहाँ लगेर यो काम गर भन्न सक्नुपर्‍यो । गठबन्धन जोगाउनुमात्रै उपलब्धि होइन । गठबन्धन गरेर सरकारमा गएपछि पार्टीलाई लोकप्रिय बनाउनेगरी काम गर्न सक्नुपर्‍यो । हाम्रा साथीहरु सरकारमा हुनुहुन्छ कसैले राम्रो काम गरे मैले भाषण गर्न पाइनँ । त्यसैले सरकारमा बस्न मात्र उपलब्धि होइन । सरकारमा बसेर पार्टीलाई लोकप्रिय काम गर्न सक्नुपर्छ ।’

अर्का केन्द्रीय सदस्य भीम पराजुलीले पनि हिन्दू राष्ट्रको पक्षमा उभिन प्रस्ताव गरेका छन् । उनले भने, ‘गत केन्द्रीय समिति बैठकमा नै मैले हिन्दू राष्ट्रको पक्षमा आफ्नो धारणा व्यक्त गर्दै हाम्रो पार्टीले धर्मसंस्कृति विभाग गठन गर्नुपर्दछ भनेर बताएको थिएँ । आज धरानमा नेपालको संविधानको बर्खिलाप खुलेआम गौहत्याजस्ता जघन्य अपराधका घटनाहरू घटेका छन् । कांग्रेसकै कारणले माओवादीको प्रधानमन्त्री र गृहमन्त्री भएको अवस्था पनि दिनदहाडै सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार भएको उनले बताए । पराजुलीले भने, ‘कांग्रेस सरकारमा छ वा छैन भन्ने कार्यकर्ताले बुझ्न सकिरहेका छैनन् यस सन्दर्भमा सरकारमा सम्मिलित नेताहरूको धारणा के हो प्रष्ट पार्नुहुन अनुरोध गर्दछु । सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सबै समाचार माध्यममा पनि गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई छानीछानी दुःख दिने नियतले अगाडि बढेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
हिंसा शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

    नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी

असोज ३ गतेदेखि धरहरा खुला गर्ने सरकारको निर्णय

  मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर

सुनको मूल्य अहिलेसम्मकै उच्च

    नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुन

साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्छु : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने