सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी १७औं पटक स्थगित



हाम्रो इकोनोमि

 

 

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको पेसी पनि स्थगित भएको छ । फैसला चरणमा पुगिसकेको मुद्दामा पेसी तोकिएर सुनवाइ स्थगित भएको आजसहित १७औं पटक हो । न्यायाधीश अभावका कारण उनको मुद्दा पेसी नचढेको बताइएको छ । जिल्ला अदालतका न्यायाधीशहरूले विभिन्न बहाना बनाएर मुद्दाको फैसलालाई धकेल्दै आइरहेका छन् । केही दिनअघि मात्र केही न्यायाधीशको सरुवा तथा केही उच्चमा बढुवा भएका छन् । सरुवा भएका न्यायाधीशहरूले गोला ताने पनि इजलासमा बस्दैनन् । सरुवा भएर आउने न्यायाधीश पनि अदालतमा रमाना लिएर नआइसकेकाले मुद्दाको सुनुवाइ स्थगित घोषणा गरिएको बताइएको छ । सन्दीपको मुद्दा हेर्न जिल्ला अदालतका न्यायाधीशहरू अनिच्छुक देखिँदै आएका छन् । मुद्दाको फैसला आफूले गर्न नपरोस् भन्ने सबै न्यायाधीशहरूको चेष्टा छ । जे फैसला गर्दा पनि विवादित हुन सक्ने चिन्तामा न्यायाधीशहरू छन् । सन्दीपको मुद्दामा पेसी तोकिएको आज २९औं पटक थियो । मुद्दाको फैसला पेसी १७औं पटक स्थगित भएको छ । मुद्दा फैसला चरणमा प्रवेश गरेको सात महिना भइसकेको छ । पहिलो फैसला पेसी गत माघ ९ गते नारायणप्रसाद दाहालको इजलासमा परेको थियो । उक्त पेसी जिल्ला सरकारी वकिलको कार्यालयबाट स्थगत गराइयो ।

त्यसपछि माघकै २३ गते चन्द्रप्रकाश तिवारीको इजलासमा तोकिएको पेसी पनि जिल्ला सरकारी वकिल कार्यालयले नै स्थगित गरायो । त्यसयता, यो मुद्दा न्यायाधीशहरू क्रमशः फणिन्द्रप्रसाद पराजुली, दीपक ढकाल, माधवप्रसाद घिमिरे, केशव प्रसाद घिमिरे, शंकरराज बराल, नारायणप्रसाद दाहाल, दीपक ढकाल, फणिन्द्रप्साद पराजुली, शंकरबहादुर राई, राजुकुमार खतिवडा, प्रकाशप्रसाद पण्डित, शकुन्तला कार्कीको इजलासमा परेको छ । उनीहरू सबैले कुनै न कुनै बहाना बनाएर मुद्दाको सुनवाइ टार्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...