उपत्यकाका सबै सामुदायिक विद्यालय बन्द



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि पठनपाठन ठप्प रहेको छ । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । महानगरभित्रका विद्यालय बन्द भए कारबाही गर्ने महानगरको चेतावनी र विद्यालयले कुनै सार्वजनिक सूचना नै जारी नगर्दा विद्यार्थी भने मारमा परेका छन् । अधिकांश कक्षा १० मा पढ्ने विद्यार्थीहरू सधैँ बिहान साढे ७ बजे कोचिङ कक्षाका लागि हाजिर हुने गरेका थिए । सोही अनुसार आज पनि रत्नराज्य लगायतका विद्यालयमा विद्यार्थीहरू बिहानै पुगेका थिए । तर उनीहरू पढ्न भने पाएनन् ।बानेश्वरस्थित रत्नराज्यको प्रधानाध्यापक रामआशिष यादवले विद्यालय बन्द रहेको र कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । त्यसो त महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले भोलिबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...