उपत्यकाका सबै सामुदायिक विद्यालय बन्द



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि पठनपाठन ठप्प रहेको छ । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । महानगरभित्रका विद्यालय बन्द भए कारबाही गर्ने महानगरको चेतावनी र विद्यालयले कुनै सार्वजनिक सूचना नै जारी नगर्दा विद्यार्थी भने मारमा परेका छन् । अधिकांश कक्षा १० मा पढ्ने विद्यार्थीहरू सधैँ बिहान साढे ७ बजे कोचिङ कक्षाका लागि हाजिर हुने गरेका थिए । सोही अनुसार आज पनि रत्नराज्य लगायतका विद्यालयमा विद्यार्थीहरू बिहानै पुगेका थिए । तर उनीहरू पढ्न भने पाएनन् ।बानेश्वरस्थित रत्नराज्यको प्रधानाध्यापक रामआशिष यादवले विद्यालय बन्द रहेको र कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । त्यसो त महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले भोलिबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...