गृहमन्त्री र आन्दोलनकारी शिक्षकको पहिलो वार्ता निष्कर्षविहीन, आन्दोलन फिर्ता नहुने



हाम्रो इकोनोमि

 

विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरूसँग सरकारले वार्ता शुरु गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ । गृह मन्त्रालयमा भएको वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए । आन्दोलनकारी शिक्षकहरूको नेतृत्व गरिरहेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी वार्ता सकारात्मक रहेको गृह मन्त्रालयले जनाएको छ । वार्ताबाट समस्या समाधान गरिने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षकको समस्या सबैको साझा भएकाले यसलाई शिक्षकको मात्र भनेर नबुझेको बताए । मन्त्रालयले शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्ने बताए । उनले आन्दोलन फिर्ता लिन आग्रह गर्दै संघीय शिक्षा विधेयकलाई सबैको सहमतिमा संशोधन गर्न सकिने बताएका छन् । शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...