प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहालको दाबी



 

 

नेकपा एमालेको असोज ८ र ९ गते काठमाडौंमा हुने प्रथम बागमती प्रदेश अधिवेशनका लागि मकवानपुरका सबै स्थानीय तह तथा दलित, मजदुर र पेशागत क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । यस पटक जिल्लाका १० वटा स्थानीय तह, दलित, मजदुर तथा पेशागत क्षेत्रबाट १०३ जना प्रतिनिधि छनोट भएको नेकपा एमाले मकवानपुरले जनाएको छ । एमालेबाट एकजना केन्द्रीय सदस्यसहित बहालवाला राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पनि प्रतिनिधि छनोट भएका छन् । प्रत्येक संसदीय निर्वाचनमा चुनाव जित्दै आएको दोलखामा नेकपा एमालेले गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एकएक जना सांसद जितेको थियो । मकवानपुरबाट प्रतिनिधि छनोट भएकामध्ये एमाले केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालले बागमती प्रदेश अध्यक्षको लागि उम्मेदवारी दिने तयारी गरेका छन् । दाहालले पार्टीलाई आगामी निर्वाचनमा पुनः पहिलो बनाउने उद्देश्यका साथ काम गर्ने गरी आफूले उम्मेदवारी दिने बताए । नेकपा एमाले मकवानपुरमा करिब १५ वर्ष नेतृत्व गरिसकेका दाहालले बागमतीका १३ जिल्लाकै साथीहरुको सल्लाहले आफू उम्मेदवार बन्न लागेको बताए ।

२०४५ सालबाट एमाले जिल्ला कमिटीमा रहेर काम गरेका उनी त्यसअघि नै २०४३ सालमा जनपक्षीय उम्मेदवारमार्फत मकवानपुरको तत्कालीन ठिंगन पञ्चायतको प्रधानपञ्चमा विजयी भएका थिए । संसदीय राजनीतिमा अब्बल दाहाल ३ पटक मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । २०४८, २०५६ र २०७४ सालमा प्रतिनिधिसभामा विजयी उनी २०७४ मा अर्थ समितिको सभापतिसमेत भएका थिए । दाहालले २०५४ देखि २०६६ सालसम्म मकवानपुर एमालेको नेतृत्वमा रहेर काम गरे भने चितवनमा सम्पन्न एमालेको १०औं केन्द्रीय महाधिवेशनबाट हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । मकवानपुरबाट दाहालले अध्यक्षमा दावेदारी गर्दा प्रतिनिधि चयन भएका अन्य प्रतिनिधिहरुले भने हालसम्म के पदमा उम्मेदवारी दिने भन्ने विषयमा बताइसकेका छैनन् । यो पटक मकवानपुरबाट प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौला, राष्ट्रियसभा सदस्य रामचन्द्र राई दनुवार, एमाले मकवानपुरका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, संविधानसभा सदस्य अनन्तप्रसाद पौडेल पनि प्रतिनिधिमा छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका